निर्वाचन प्रक्रिया रोक्न नेकपा प्रचण्ड–माधव समूहको माग

२७ पौष, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले निर्वाचन प्रक्रिया रोक्न निर्वाचन आयोगलाई आग्रह गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा प्रतिनिधिसभा भंग गरेर वैशाख १७ र २७ मा मध्यावधि निर्वाचन घोषणा गरेका छन् । तर संसद विघटन असंवैधानिक भएको भन्दै एक दर्जन रिट गरेको छ र यो मुद्दा सर्वोच्चमा विचाराधीन छ ।

सर्वोच्चमा मुद्धा विचाराधीन रहेकाले निर्वाचनको प्रक्रिया रोक्न माग गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका शीर्ष नेताहरु आयोगमा पुगेका थिए ।

Advertisement

‘अवैधानिक प्रधानमन्त्रीले असंवैधानिक रुपमा प्रतिनिधिसभा भंग गरेको मुद्दा सर्वोच्चमा विचाराधीन भएको बेला निर्वाचन प्रक्रिया अगाडि बढाउनु भनेको अदालतलाई दबाव दिनु वा अवज्ञा गर्नु जस्तै हो भन्यौं’, आयोगमा पुगेका प्रचण्ड–माधव समूहका नेता रामनारायण विडारीले भने ।

आयोगका पदाधिकारीहरुले भने मतदाता नामावली संकलन रोकेर मतदान केन्द्र निर्धारणको काम मात्र भएको जवाफ दिएका छन् ।

Advertisement

प्रचण्ड–माधव समूहका नेताहरुले पार्टीको वैधानिकतालाई विवादमा आयोगले पठाएको पत्रबारे पनि चासो राखेका छन् ।आफूहरुसँग पार्टीको प्रष्ट बहुमत रहेको भन्दै समूहका नेताहरुले अर्को पक्षलाई आफ्नो दाबी पेश गर्न भन्नुपर्ने बताएका थिए ।

तर आयोगका पदाधिकारीहरुले भने बहुमत छ कि छैन भन्ने प्रक्रिया सुरु भएपछि मात्र भन्न सकिने बताएका छन् । अहिले दुबै पक्षले विवरण अध्यावधिक मात्र गर्न पत्र पठाएकाले आयोग वैधानिकतासम्बन्धी विवादमा प्रवेश गर्न नसक्ने बताएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top