दिनभरका प्रमुख खबर

२९ पुस ७७, बुधबार
Share this
763shares

आजका प्रमुख खबरहरुः

Advertisement

१.(विघटन हेर्दाहेर्देमा)
प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट संवैधानिक इजलासमा हेर्ने कि बृहत पूर्ण इजलासमा भन्ने बहस नसकिएपछि सुनुवाई हेर्दाहेर्दैमा /अर्को पेशी शुक्रबारका लागि तोकियो / हरिकृष्ण कार्कीले इजलास छाडेपछि उक्त ठाउँमा सपना मल्ल प्रधान ।

२.(आधिकारिकताको बाटो)
आधिकारिकताका लागि नेकपाका दुबै पक्ष प्रचण्ड–माधव समूह र ओली समूहले निर्वाचन आयोगलाई बुझाए आ–आफ्ना जवाफ / प्राप्त विवरण हेरेर आयोगले निर्णय लिने प्रवक्ता राजकुमार श्रेष्ठको भनाई ।

Advertisement

३.(अब केही हुन्छ त ?)
संघर्ष र बलिदानबाट प्राप्त भएको लोकतन्त्र धरापमा परेको नेकपाको प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहालको भनाई/आफ्नै आँखा अगाडि निरंकुश ढङ्गले संविधान र गणतन्त्रमाथि प्रहार भएकाले आफूले त्यसलाई हेरेर बसिरहन नसकेको उल्लेख ।

४.(लक्ष्मीको लक्ष्य)
केपी ओली कमरेड नभएर प्रतिगमनकारी भएको नेकपाकी दाहाल–नेपाल समूहकी नेतृ अष्टलक्ष्मी शाक्यको आरोप /प्रगिगमनविरुद्ध काठमाडौं तातिसकेको र ओलीलाई प्रधानमन्त्रीको कुर्सीबाट हटाउने बेला भइसकेको टिप्पणी ।

Advertisement

५.(विद्यार्थीको जोश)
प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान पढ्न नेपाल ल क्याम्पस आउन नेकपा दाहाल–नेपाल पक्षधर विद्यार्थी संगठनको अनुरोध/संविधानको सहि व्याख्या भएन र सर्वोच्च अदालतले न्याय दिएन भने विद्यार्थीहरुले न्यायाधिशहरुलाई बाटो छेकेर प्रश्न गर्ने ।

६.(विज्ञको बोली)
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारत भ्रमणका क्रममा दीर्घकालीन महत्वका कुनै पनि सन्धि–सम्झौता गर्न नहुने विभिन्न क्षेत्रका १५ विज्ञ तथा बौद्धिक व्यक्तिकहरुको भनाई /वर्तमान सरकार स्वतः कामचलाउ भइसकेकाले औपचारिक भ्रमण पनि अनुपयुक्त हुने दाबी ।

७.(यसकारण जान्छ बत्ती)
ऊर्जा क्षेत्रको कामको निम्ति एमसीसी पर्खेर बस्न नहुने ऊर्जामन्त्री टोपबहादुर रायमाझीको भनाई / बेला बेलामा विद्युत जाने समस्या विद्युत भार बढी भएको र कमजोर संरचनाका कारण भएको प्रस्टोक्ति ।

८.(सरकारले बोलोस्)
प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता प्रसारण गरेको भारतीय टेलिभिजन च्यानल जी न्युजद्वारा सगरमाथाबारे विवादित सामग्री प्रसारण/सगरमाथामाथि पनि भारतले दाबी गर्नुपर्ने जी न्युजका प्रधानसम्पादक सुधीर चौधरीको तर्कको चौतर्फी विरोध ।

९.(उस्तै छ घटबढ )
पछिल्लो २४ घण्टामा देशभर ४ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ४१४ जना डिस्चार्ज /हालसम्म सक्रिय संक्रमित ४ हजार ४३४ पुग्दा ज्यान गुमाउनेको संख्या १९ सय ३७ पुग्यो ।

१०.(खोप किन्ने पैसा देउ)
कोरोनाविरुद्धको खोप खरिद गरी निःशुल्क वितरण गर्न भन्दै सरकारद्वारा दाताहरुसंग आर्थिक सहयोगको अपिल /लक्षित समूहहरुलाई मात्र निःशुल्क खोप दिने र अन्यलाई भने शुल्क लिने अभिप्राय सहितको सूचना जारी ।

११.(आउँछ त रुसी खोप ?)
कोरोना भाइरसविरुद्धको दुई करोड ५० लाख डोज खोप नेपाललाई उपलब्ध गराउन रुस तयार /रुसी स्पुतनीक भी खोप रुस, बेलारुस, अर्जेन्टिना लगायतका देशमा प्रयोग हुँदै /खोपको मूल्य प्रतिडोज १० अमेरिकी डलर ।

१२.(निराशामा उखु किसान)
सरकार र उखु किसानबीच भएको सम्झौताअनुसार अबको एक साताभित्र बाँकी सम्पूर्ण रकम पाउनुपर्नेमा भुक्तानी हुनेमा अन्योलता /अन्नपूर्णबाट २०, श्रीरामबाट १२, लुम्बिनीबाट ८, इन्दिराबाट ८ र महालक्ष्मीबाट १० करोड बढी भुक्तानी हुन बाँकी ।

१३.(नेपाली धनी कि गरीब ?)
नेपाली कम्पनी वा उद्योगले आफ्नै विदेशी कम्पनी वा व्यक्तिबाट वैदेशिक ऋण भित्र्याउने नियममा कडाइ /चालु आर्थिक वर्षको पहिलो पाँच महिनासम्म विदेशीले नेपालमा दुई अर्ब खर्च गर्दा नेपालीले विदेशमा ११ अर्ब खर्च गरे ।

१४.(खोप त सस्तो छ)
भारतमा कोरोनाविरुद्धको प्रति खोपलाई २०० देखि २९५ रूपैयाँसम्म पर्न सक्ने अनुमान/भारतमाअहिलेसम्म ५४ लाख डोज खोप भण्डारण/ दुवै खोप जनवरी १४ सम्ममा सरकारलाई प्राप्त भइसक्ने र त्यसको दुई दिनपछि लगाइने योजना ।

र,

१५.(ट्रम्पलाई कलंकको टीका)
राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाई पदबाट हटाउने प्रस्ताव अमेरिकी संसद्को तल्लो सदनद्वारा पारित/डेमोक्र्याटहरूले राष्ट्रपतिमाथि दोस्रोपटक महाअभियोग लगाउने प्रक्रिया पनि औपचारिक रूपमा सुरु ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top