×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

यस वर्ष जेठमा शैक्षिक सत्र अन्त्य गर्न प्रस्ताव, एसईई परीक्षा पनि जेठ अन्तिममै

१ माघ, काठमाडौँ । यस वर्षको शैक्षिक सत्रको अन्त्य जेठमा हुने भएको छ । चैतमै शैक्षिक सत्रको अन्त्य हुनुपर्ने भए पनि कोरोना महामारीका कारण विद्यालय बन्द भएको र अरू शैक्षिक गतिविधि हुन नपाउँदा जेठको अन्तिमसम्ममा शैक्षिक सत्र अन्त्यको प्रस्ताव गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बोर्डका अध्यक्ष डाक्टर चन्द्रमणि पौडेलले जेठमा शैक्षिक सत्र अन्त्यको प्रस्ताव शिक्षा मन्त्रालयमा पठाइएको र मन्त्रालयले यसलाई मन्त्रिपरिषदमा लगेको जानकारी गराएको बताए । धेरै ठाउँमा पढाइ सुरु भइसकेको र अब बिदा कटौती गर्ने र पूर्ण क्षमता तथा समयमा विद्यालय चलाएर कोर्स सक्ने र जेठमा शैक्षिक सत्र अन्त्य गर्ने प्रस्ताव गरिएको अध्यक्ष पौडेलको भनाइ छ ।

Advertisement
Advertisement

‘अनलाइन कक्षा त भइरहेका छन् तर कतै–कतै अहिलेसम्म पनि विद्यालय खुलेका छैनन्, त्यसैले चैतमा शैक्षिक सत्र अन्त्य गर्ने कुनै सम्भावना देखिएन, हामीले जेठको अन्तिमसम्म सत्र अन्त्यको प्रस्ताव पठाएका छौँ’, बोर्डका अध्यक्ष पौडेलले भने ।

यसपटकको एसईई परीक्षा पनि जेठको अन्तिममा धकेलिने भएको छ । कोरोना महामारीका कारण गएको वर्ष आन्तरिक मूल्याङ्कनमार्फत नतिजा प्रकाशन भएकोमा यस वर्ष जेठको अन्तिमसम्म भए पनि परीक्षा गर्ने तयारी भएको बोर्डले जनाएको छ ।

Advertisement

‘गएको वर्ष विशेष अवस्था थियो र आन्तरिक मूल्याङ्कनलाई आधार मानियो, यस वर्ष पनि त्यस्तै हुने सम्भावना छैन, परीक्षा नै हुन्छ, त्यसका लागि पहिले सबै विद्यालय खुल्नुप¥यो र त्यसैअनुसारको तयारी पनि सुरु हुन्छ’, परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले भने ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top