श्रममन्त्री जेनेभा प्रस्थान

काठमाडौँ, जेठ १९
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्ट १०७ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागी हुन आज स्विट्जरल्याण्डको जेनेभा प्रस्थान गरेका छन् ।

Advertisement

अन्तर्राष्ट्रिय श्रम संगठनले आयोजना गरेको सम्मेलनमा नेपालको नेतृत्वसहित मन्त्री विष्ट आज बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् ।

सम्मेलनमा मन्त्री विष्टले यही जेठ २१ गते सबै देश सहभागी हुने पूर्णसत्रलाई सम्बोधन गर्नेछन् । सम्मेलनका क्रममा आयोजना हुने असंलग्न राष्ट्र र एशिया प्रशान्त समूहका मुलुकका छुट्टाछुट्टै मन्त्रिस्तरीय बैठकलाई जेठ २२ गते सम्बोधन गर्नेछन् ।

Advertisement

सोही दिन उनले कोलम्बो प्रोसेसको अध्यक्ष राष्ट्रको अध्यक्षको हैसियतले कोलम्बो प्रोशेस मुलुकका मन्त्री एवं अन्य सहभागीसँग अन्तक्र्रियासहितको दिवाभोज आयोजना गर्ने यसअघि नै त्यहाँ पुगिसकेका मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले जानकारी दिए।

सम्मेलनमा नेपालले वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने तथा असल श्रम सम्बन्ध स्थापित गरी श्रमिक, हित र कल्याणको प्रत्याभूति गरी श्रमिकको उत्पादकत्व बढाउने विषयमा जोड दिने घिमिरेले बताए ।

Advertisement

आन्तरिक रोजगारीका अवसर अभिवृद्र्धि, सम्बद्ध सरोकार भएकाहरुबीच समन्वयात्मक सहकार्य अभिवृद्धि र स्थानान्तरणका लागि विश्वव्यापी सम्झौतासम्बन्धी प्रक्रियालाई उचित निष्कर्षमा पु¥याई दिगो विकास लक्ष्य हासिल गर्ने विषयलाई नेपालले प्राथमिकतासाथ जोड दिनेछ ।

सम्मेलनका क्रममा नेपालका प्रमुख श्रम गन्तव्य मुलुकका मन्त्री तथा उच्चस्तरीय प्रतिनिधिका साथै अन्तर्राष्ट्रिय श्रम संगठनका महानिर्देशक एवं उच्चस्तरीय पदाधिकारीसँग मन्त्री वा सचिवका स्तरमा छुट्टाछुट्टै भेटघाट तथा छलफल हुने कार्यक्रम छ ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top