विराटनगर, जेठ १९
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका– ५ बाट प्रहरीले डेढ किलो सालकको खपटासहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा आठराई त्रिवेणी गाउँपालिका –४ बस्ने ३८ वर्षीय सन्तोष कुमार लिम्बु र सोही ठाउँ बस्ने २९ वर्षीय मंगलसिंह लिम्बु रहेका छन्।
इलाका प्रहरी कार्यालय दोभानको ग्रामीण गस्ती टोलीले शुक्रबार अपरान्ह २ः३० बजे आठराई त्रिवेणी गाउँपालिका ४ बाट उनीहरुलाई पक्राउ गरिएको हो ।
उनीहरुको झोला चेकजाँच गर्दा सालकको खपटा बरामद भएको थियो। दुबै जनालाई इलाका प्रहरी कार्यालयमा राखि थप अनुसन्धान भई रहेको छ ।