विराटनगर, जेठ १८
ताप्लेजुङ जिल्लाको सिदिङवा गाउँपालिका –४ स्थित यम कुमार राईको घरबाट प्रहरीले शुक्रबार एक थान एक नाले भरुवा बन्दुक बरामद गरेको छ ।
प्रहरी चौकी साब्लाखुका प्रहरी सहायक निरीक्षक सत्यनारायण साफीको कमाण्डमा निस्केको ग्रामीण गस्ती टोलीले शुक्रबार अपरान्ह २ बजे राईको घरबाट बन्दुक बरामद गरेको हो ।
घरधनि राई फरार भएकाले खोजी कार्य भई रहेको उक्त कार्यालयले जनाएको छ ।