सार्वभौमिकताको रक्षाका लागि राष्ट्रिय एकताः प्रदेश प्रमुख शेरचन

१ माघ ७७, शुक्रबार

२ माघ, कास्की ।
गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले राष्ट्रिय एकता र राष्ट्रिय सहमतिबाट मात्रै राष्ट्रियता र सार्वभौमिकताको रक्षा गर्न सकिने बताएका छन् ।

थकाली समुदायको नयाँ वर्ष २१४८ ल्हाङ ल्हो (गाई वर्ष)को अवसरमा तीन गाउँले थकाली सेवा समाजद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले देशमा विकसित पछिल्लो घटनाक्रमले राष्ट्रिय एकताको आवश्यकता अझ बढेर गएको बताए ।

राष्ट्र र राष्ट्रिय अखण्डताको रक्षाका लागि आफूले कैयन यातना सहेको उल्लखे गर्दै प्रदेश प्रमुख शेरचनले भने, “यो बेला धमिलो पानीमा माछा मार्न सकिन्छ भनेर कसैले सपना देखेको छ भने त्यसलाई आम नेपालीको एकताले पराजित गर्नुपर्छ ।”

Advertisement

नेपालका सबै जातजाति र समुदायको एकताले मात्र राष्ट्रियता बलियो हुने बताउँदै उनले कुनै पनि किसिमको विदेशी हस्तक्षेप सार्वभौम देशका लागि सह्य नहुने उल्लेख गरे । आदिवासी जनजातिका भाषा, धर्म, संस्कार र संस्कृतिको विकासमा राज्यले विशेष भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याउँदै उनले असमानता र विभेदका विरुद्ध धेरै आन्दोलन भएको बताए ।

प्रतिनिधिसभाका निवर्तमान सदस्य प्रेमप्रसाद तुलाचनले तीन गाउँले थकाली समुदायको थातथलो रहेको मुस्ताङको विकासका लागि आफूले उच्च महत्वका साथ पहल गर्दै आएको जानकारी दिए ।

संविधानसभा सदस्य श्रीमाया थकाली, गण्डकी प्रदेशसभाको विधायन समितिका सभापति मोहन रेग्मी, प्रदेशसभा सदस्य इन्द्रधारा विष्ट, नेपाल आदिवासी जनजाति महासङ्घका उपाध्यक्ष गणेशलाल थकाली, गण्डकी प्रदेश अध्यक्ष खेम पुन, तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, तीन गाउँले थकाली सेवा समाजका पूर्वअध्यक्ष वसन्त थकाली, नेवाःखलः कास्कीका अध्यक्ष अशोक पालिखे, सञ्जोग भर्ती थकाली र संस्कृतिकर्मी श्यामप्रसाद भर्ती थकालीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।(रासस)

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top