यो वर्ष कोभिड–१९ ले झन बढी प्रभाव पार्ने चिनियाँ अध्ययनको चेतावनी

१ माघ ७७, शुक्रबार

२ माघ, एजेन्सी ।
सन् २०२० भन्दा २०२१ मा विश्वमै कोरोनाभाइरसको प्रभाव बढी पर्ने चिनियाँ विज्ञहरूको एउटा टोलीले चेतावनी दिएको छ।
चीनको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी), चिनियाँ जनमुक्ति सेना र सार्वजनिक स्वास्थ्य अनुसन्धान इन्स्टिच्युटका विज्ञहरूको अनुसन्धानले आउने मार्चको सुरूसम्म कोरोनाभाइरसबाट ज्यान गुमाउनेको संख्या ५० लाख पुग्ने देखाएको छ। अहिले संसारभरि कोरोनाबाट २० लाख मानिसको मृत्यु भएको छ।

सिडिसीका प्राध्यापक सु जियानकोउको नेतृत्वमा भएको अनुसन्धानको रिपोर्टमा आगामी दिनमा चीन सरकार र नागरिकले महामारीको नयाँ झड्का अनुभव गर्नु पर्ने चेतावनी दिइएको छ।

महामारी कसरी अघि बढ्छ भन्ने अनुमान गर्न कठिन छ तर केही मोडलबाट निकालिने गणितीय आँकडाले व्यवहारिक सूचना दिन्छन्, सुले भने। अनुसन्धानको नेतृत्व गरेका सुलाई यसअघि चीन सरकारले वुहानमा कोरोनाको अध्ययन गर्न पनि पठाएको थियो।

Advertisement

चीनले महामारीलाई निकै हदसम्म नियन्त्रणमा राखेको भए पनि धेरै देशहरू अहिले पनि कोरोना महामारीसँग जुधिरहेका छन्। नयाँ खालको कोरोनाभाइरसले महामारीविरूद्धको लडाइँलाई झन् चुनौतीपूर्ण बनाएको छ।

अहिलेसम्म संसारभरि ९ करोड २० लाख मानिसमा संक्रमण देखिएको छ। सुको अनुसन्धान अनुसार मार्चको सुरूसम्म १७ करोड संक्रमित हुन सक्ने छन्।

Advertisement

सबैभन्दा खराब अवस्थामा अमेरिका ३ करोड मानिस संक्रमित हुन सक्छन् भने त्यसपछि भारतमा एक करोड ५५ लाख, ब्राजिलमा १ करोड ५० लाख र रूसमा ६० लाख मानिस संक्रमित हुन सक्छन्। सबैभन्दा धेरै संक्रमित भएका यी चार देशमा मृत्युदर के हुन्छ भन्नेबारे अनुसन्धान रिपोर्टमा उल्लेख गरिएको छैन।

सबैकुरा सोचेजस्तै भयो, सरकारहरूले कडाइका साथ स्वास्थ्य मापदण्ड लागु गरे, आम नागरिकले भौतिक दूरी अपनाउँदै मास्क लगाए र ठूलो संख्यालाई कोरोनाको भ्याक्सिन लगाइयो भने पनि मार्च पहिलो सातासम्म थप तीन लाख मानिसको कोरोनाले मृत्यु हुने अनुसन्धानले देखाएको छ।

कोरोनाभाइरसबारे अनुसन्धान गरिरहेका सांघाईको इन्स्टिच्युट पास्टेरका अर्का एक अनुसन्धानकर्ताले मार्चसम्ममा ५० लाख मानिसको मृत्यु हुने गरी महामारी फैलिए विश्वको स्वास्थ्य प्रणालीले काम गर्न नसक्ने बताए। अतिआवश्यक कुरा पनि नपाएर मानिसहरू मर्न सक्छन्,’ उनले भने।

हप्किन्स विश्वविद्यालयको आकँडाअनुसार अहिले संसारमा कोरोनाभाइरस संक्रमणपछिको मृत्युदर २.१ प्रतिशत छ। थप ३० लाख मानिसको मृत्यु भए मृत्युदर ३ प्रतिशत पुग्नेछन्। गत वर्ष वुहानमा महामारी फैलँदा मृत्युदर त्यही हाराहारीमा थियो।

टेक्सास एएन्डएम विश्वविद्यालयका भाइरोलोजिस्ट प्राध्यापक बेन्जामिन नेउम्यानले महामारीको भविष्य अनिश्चित भएको बताए। एकदम राम्रो भएछ भने ३० लाखभन्दा बढी मानिसको मृत्यु हुँदैन,’ उनले भने,‘तर खराब अवस्था आयो भने ७० लाखभन्दा बढी मानिस मर्न सक्छन्। कोरोनाको भविष्य हाम्रै हातमा छ।

बेलायत, अमेरिकाजस्ता देशहरूले आमनागरिकलाई धमाधम खोप लगाइरहेका भए पनि चिनियाँ अनुसन्धानकर्ताले चीनलाई खोप लगाउन पर्खनु पर्ने सुझाव दिएका छन्।

म्युटेड भएको भाइरसले भ्याक्सिनले विकास गर्ने एन्टिबडीलाई काम गर्न नदिने भएकाले अहिले विकास भएका भ्याक्सिन तत्काल लगाउन नहुने उनीहरूको सुझाव छ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top