पोर्चुगलसहित युरोपका ४ देशसंग सरकाले थाल्यो श्रम सम्झौताको पहल

२ माघ, विराटनगर ।
युरोपका चार देश रोमानिया, पोल्याण्ड, पोर्चुगल तथा सेसेल्ससँग नेपाल सरकारले श्रम सम्झौता गर्न पहल थालेको छ ।

व्यक्तिगत भिसामा नेपाली कामदार गइरहेका ति देशहरुसंग श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम सम्झौताको पहल थालेको जनाएको छ ।  मन्त्रालयले श्रम सम्झौता गर्न पहल गरिरहेका युरोपियन मुलुकमा हाल नेपाली कामदार व्यक्तिगत श्रम स्वीकृति लिएर रोजगारी लागि गइरहेका छन् ।

पोर्चुगल, रोमानिया, पोल्याण्ड तथा सेसेल्सले सरकारीस्तरमा श्रम सम्झौता गरेर कामदार लिन खोजिरहेका कारण ती देशसँग छलफल भइरहेको मन्त्रालयले जनाएको छ ।

Advertisement

पछिल्लो समय व्यक्तिगत श्रम स्वीकृति लिएर युरोपियन मुलुकमा जाने नेपाली कामदारको संख्या बढ्दै गएको छ । जसकारण कामदारकै सुरक्षा र हकहितका लागि सरकारीस्तरमा श्रम सम्झौता गर्नुपर्ने आवश्यकता समेत भएको श्रम मन्त्रालयले जनाएको छ ।

धेरै देशले नेपालबाट श्रमिक लैजान चासो देखाइरहेको श्रम मन्त्रालयका सचिव तोयम रायले जानकारी दिए । मन्त्रालयले पोर्चुगल, रोमानिया, पोल्याण्ड तथा सेसेल्समा रोजगारीका लागि कामदार पठाउन सरकारीस्तरमा श्रम सम्झौता गर्न छलफल गरिरहेको सचिव रायले बताए । ‘युरोपियन मुलुकमा श्रमिकको उच्च कमाइ हुन्छ ।

युरोपियन मुलुक नेपाली कामदारका लागि रोजगार गन्तव्य देशसमेत बन्न सक्छन् । युरोपियनका केही देशबाट नेपाली कामदारको राम्रो माग आउने गरेको छ,’ उनले भने, ‘हाल छलफल भइरहेको पोर्चुगल, रोमानिया, पोल्याण्ड तथा सेसेल्समा कस्ता कामदार रोजगारीमा पठाउन सकिन्छ भनेर अध्ययन भइरहेको छ ।

श्रम सम्झौता गर्नुअघि दक्ष कामदार उत्पादन कसरी गर्न सकिन्छ भनेर तयारी गर्नुपर्छ ।’ श्रम मन्त्रालयले पोर्चुगल, रोमानिया, पोल्याण्ड तथा सेसेल्ससँग सरकारीस्तरमा श्रम सम्झौता गरेर वार्षिक ५० हजार कामदार रोजगारीमा पठाउन सकिने अनुमान गरिरहेको सचिव रायले जानकारी दिए ।

युरोपका देशले निर्माण, होटल, कृषि, उद्योग, सेवा क्षेत्र र समुद्रमा काम गर्ने श्रमिक लिन इच्छा देखाइरहेका मन्त्रालयले जनाएको छ । पोर्चुगल, रोमानिया, पोल्याण्ड तथा सेसेल्समा हाल पनि वार्षिक ५ हजारभन्दा धेरै नेपाली रोजगारीका लागि गइरहेको श्रम मन्त्रालयको अनुमानित तथ्यांक छ ।

अहिले नेपाली कामदार भारत हुँदै पोर्चुगल, रोमानिया, पोल्याण्ड तथा सेसेल्स गइरहेका छन् । म्यानपावर कम्पनीले पनि नेपाली श्रमिकलाई भारत हुँदै युरोप पठाउँदै आएका छन् । भारत हुँदै रोजगारीका लागि युरोपका देश गएका कतिपय नेपाली अलपत्रसमेत पर्ने गरेका छन् ।

सरकारले युरोपका देश जाने कामदारको सेवा शुल्क तोके पनि म्यानपावर कम्पनीले भने आफूखुसी रकम लिँदै आएका छन् । वैदेशिक रोजगार विभागका अनुसार युरोपमा पठाउँछु भनेर म्यानपावर र एजेन्टले ठगी गरेको भन्दै धेरै कामदार समस्या लिएर कार्यालयमा आउने गरेका छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top