×

NEPAL TIMES UPDATES

Playing
Iranमा सबैभन्दा ठूलो ह म ला हुने, उर्जा केन्द्रमा भने अब आ क्र मण नहुने || Nepal Times
Mar 20, 2026
Playing
देशभर मौसम बिग्रिँदै,११९ किमि प्रतिघण्टासम्म हुरी चल्ने चे ताव नी|| Nepal Times
Mar 20, 2026
Playing
१६ अमेरिकी सैन्य विमान ध्व*स्त, होर्मुजबाट फर्किए अमेरिकी यु*द्धपोत|| Nepal Times
Mar 20, 2026
Playing
शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था|| Nepal Times
Mar 20, 2026
Playing
चैत १३ गते Balen प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री|| Nepal Times
Mar 20, 2026
Playing
खुंखार बन्यो इरान, तेल पूर्वाधार उडायो, रक्षात्मक बने ट्रम्प || Nepal Times
Mar 19, 2026
Playing
इरान, टर्कीएपछि अब ताइवान पनि ड्रोन सेनाको सुपर पावर|| Nepal Times
Mar 19, 2026
Playing
सरकार निर्माण र सांसदहरूलाई शपथको बाटो खुल्यो, सर्वदलीय बैठकमा के भयो ? || Nepal Times
Mar 19, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-05-2082 || Nepal Times
Mar 19, 2026
Playing
जेनजी प्रतिवेदन थन्कियो, प्रश्न उठ्यो :सुशीला सरकार किन डरायो ? || Nepal Times
Mar 19, 2026

ब्राजिलमा अक्सिजनको चरम अभाव, कोभिड–१९ का बिरामीलाई उपलब्ध गराइदिन गुहार

२ माघ, एजेन्सी ।
ब्रजिलको मनाउस नगरका अस्पतालमा कोभिड–१९ का बिरामीलाई दिन चाहिने अक्सिजनको चरम अभाव भएको बताइएको छ।

अमेजोनस प्रान्तमा कोरोनाभाइरस सङ्क्रमण र त्यसबाट हुने मृत्युको सङ्ख्या वृद्धि भएको बताइएको छ। स्थानीय सञ्चारमाध्यमले स्वास्थ्यकर्मीलाई उद्धृत गर्दै सहयोग र अक्सिजनको अभावमा धेरै मानिसको मृत्यु हुनसक्ने समाचार छापेका छन्।

Advertisement

ब्रजिलमा अहिलेसम्म दुई लाख पाँच हजार जनाको कोभिड–१९ का कारण मृत्यु भइसकेको छ। कोभिडबाट सबभन्दा धेरै मृत्यु बेहोरेको देशमध्ये पहिलो अमेरिका र दोस्रोमा ब्रजिल पर्छ।

अमेजोनसमा कोरोनाभाइरस सङ्क्रमणको पहिलो चरणमा पनि धेरै मानिसको मृत्यु भएको थियो। दोस्रो चरणको सङ्क्रमणले पनि यो क्षेत्र नराम्ररी प्रभावित भएको छ। त्यहाँ सङ्कटकाल घोषणा गरिएको छ।

अस्पतालमा शवहरू राख्न कप तापक्रम कायम गर्न सकिने कन्टेनरहरू ल्याइएको छ। फिओक्रुज अमेजोनिया साइन्टिफिक इन्भेस्टिगेशन इन्स्टिट्यूटकी जेसेम ओरेलानाले एएफपी समाचार एजेन्सीलाई बताएअनुसार मनाउसस्थित अस्पतालहरूमा अक्सिजनको अभाव भएको छ र कैयौँ बिरामीका लागि अस्पतालका कक्षहरू सास फेर्न मुस्किल पर्ने च्याम्बर बनेका छन्।

धेरै जनाले शेअर गरेको यो क्षेत्रको दुर्दशा दर्शाउने एउटा भिडिओमा एक महिला स्वास्थ्यकर्मीले हामी कठिन परिस्थितिमा छौँ, सबै एकाइमा अक्सिजन सकिएको छ भनेको सुनिन्छ।

उनले भनेकी छन्, यहाँ अक्सिजन सकिएको छ र धेरै मानिसहरू मरिरहेका छन्। कसैसँग अक्सिजन भए कृपया यहाँ ल्याइदिनोस्। यति धेरै मानिसहरू मर्दैछन्।

अमेजोनसका गभर्नर विल्सन लिमाले उक्त प्रदेश महामारीको सङ्कटपूर्ण घडीमा रहेको भन्दै रातको समयमा कर्फ्यू घोषणा गरेका छन्। स्थानीय स्वास्थ्यमन्त्री मार्सेलस क्याम्पेलोले भने, स्थानीय तहमा उत्पादन गर्न सक्ने क्षमताभन्दा तीनगुणा अक्सिजन आवश्यक परेको छ, त्यसैले हामीलाई सहयोगको खाँचो परेको छ।

ब्रजिलका उपराष्ट्रपतिले ट्विटरमा वायुसेनाले अक्सिजन सिलिन्डरसहित अस्पतालका लागि विभिन्न सामग्री ओसारेको तस्बिर प्रेषित गरेका छन्। आईसीयू शय्याको अभाव भएकाले केही बिरामीलाई हवाईमार्गबाट अन्यत्र उपचारका लागि लगिने स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।

नयाँ प्रकारको भाइरस

अमेजोनस क्षेत्रबाट जापान आइपुगेका केही यात्रुमा कोरोनाभाइरसको नयाँ प्रकार फेला परेको भनिएका बेला यो समाचार आएको छ।

राज्यद्वारा सञ्चालित ओस्वाल्डो क्रुज फाउन्डेशनका उपनिर्देशक फेलिपे नाभेकाले बीबीसीकी दक्षिण अमेरिका संवाददाता केटी वाटसनलाई त्यहाँ यूके र दक्षिण अफ्रिकाको भन्दा फरक किसिमको नयाँ कोरोनाभाइरसको प्रकार देखिएको बताए।

उनले भने, नयाँ प्रकारका भाइरसलाई पनि सङ्क्रमण वृद्धिसँग जोडिएर हेरिएको छ यो चिन्ताको विषय हो। नाभेकाले नयाँ प्रकारको भाइरसमा कोभिड खोप कम प्रभावकारी हुने भन्ने कुनै तथ्याङ्क अहिलेसम्म नभएको बताए।

उनले त्यसबारे ठोस कुरा थाहा पाउन थप परीक्षण र अनुसन्धान गर्नुपर्छ भने।(बीबीसी)

भर्खरको समाचार

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

कम्बोडियामा अलपत्र २० नेपालीको उद्धार, वैदेशिक ठगीको जालो

combodia flag

चुनाव हारेका सभापति गगनले दिए राजीनामा, पदाधिकारीले के गर्लान् ?

gagan thapa

इरानविरुद्ध जाइलाग्यो कतार, देश छाड्न २४ घण्टाको अल्टिमेटम

iran-flag_TkC5X0MaQr

सम्बन्धित खबरहरु

Scroll to Top