×

NEPAL TIMES UPDATES

Playing
इरानमा भेनेजुएला रणनीति लागू गर्ने वा पाषणयुगमा पुर्याइदिनेः अब ट्रम्पको हातमा || Nepal Times
Apr 12, 2026
Playing
बालेनको भारत भ्रमण ऐतिहासिक अवसर, इतिहास बन्न सक्छ || Nepal Times
Apr 12, 2026
Playing
World News: Chinaले Iranलाई हति*यार दिदा Trump आगो, चागोस सम्झौता रोकिने अवस्थामा || Nepal Times
Apr 12, 2026
Playing
यु द्धविराम सकिएपछि Trumpका दुई विकल्प, Iranसंग अझै के कुराले डराइरहेका छन् ट्रम्प ?|| Nepal Times
Apr 12, 2026
Playing
इस्लामावाद वार्ता निष्कर्षविहीन : अमेरिकी टोली रित्तो हात फर्कियो || Nepal Times
Apr 12, 2026
Playing
२१ घण्टाको वार्तापछि Tehran को विज्ञप्ति, १६ जहाज छुटे, America दोषी || Nepal Times
Apr 12, 2026
Playing
हजारौं गीत गाएर अस्थाइन् आशा भोसले || Nepal Times
Apr 12, 2026
Playing
विद्याभण्डारीको लाइनमा राष्ट्रपति पौडेल, सरकारको सिफारिस रोक्न मिल्छ ? || Nepal Times
Apr 12, 2026
Playing
नेपाल सुरुङ युगमा प्रवेश|| Nepal Times
Apr 12, 2026
Playing
Top 15 Afternoon News || April-12-2026 || Nepal Times
Apr 12, 2026

दाहाल–नेपालले एक अर्काको प्रशंसा गर्नुको सन्देश के ?

४ माघ २०७७

काठमाडौँ : विभाजनपूर्व नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच वरीयतादेखि बैठकको अध्यक्षतामा विवाद त थियो नै, त्यसबाहेक उनीहरुबीच सार्वजनिक कार्यक्रममा एकअर्काप्रति घोचपेच हुन्थ्यो ।

र, त्यसको ठीकविपरीत विभाजित नेकपाको एउटा समूहका दुई अध्यक्ष दाहाल र माधवकुमार नेपालबीच चाहिँ एकअर्काप्रति गज्जजबको सम्मान र विश्वास देखिएको छ । जबकि यही बेला ओलीले नेपाललाई दाहालका ‘मामुली कार्यकर्ता’ भनेर कटाक्ष गरेका छन् ।

Advertisement
Advertisement

प्रधानमन्त्री ओलीले संसद् विघटन गरेपछि नेकपा विभाजन भएको छ । यो सँगै ओली समूह र दाहाल–नेपाल समूह भिन्दाभिन्दै दलका रुपमा छन्, यद्यपि उनीहरुबीचको वैधानिकताको कानुँनी लडाइँ निर्वाचन आयोग पुगेको छ । विभाजन र वैधानिकताको दाबीलाई लिएर ओली र दाहाल–नेपाल समूहबीच आरोप–प्रत्यारोप पनि जारी छ ।

पार्टी बैठकदेखि सार्वजनिक कार्यक्रमसम्म, सडक संघर्षदेखि संचारमाध्यमसम्म दाहाल र नेपालले एक अर्काको खुलेरै प्रशंसा गर्दै आएका छन् । अझ रमाइलो त के छ भने ओलीमा ‘दोस्ती’मा हुने गुण नरहेको र आफूहरुमा उच्च राजनीतिक संस्कार रहेको समेत दाहाल र नेपालको दाबी छ । दुवैले एउटै स्वरमा ओलीमाथि राजनीतिक आक्रमण पनि गर्दै आएका छन् ।

एक अर्काको सम्मानमा शब्द खर्च गर्दा दाहाल र नेपालले कार्यकर्ताबाट ताली पनि पाएका छन् । राजधानी काठमाडौंमा मात्र होइन, जिल्ला–जिल्लामा पनि दाहाल र नेपालले एकअर्कामाथि विश्वास, सम्मान र प्रेम रहेको बताउँदै आएका छन् । यद्यपि दाहाल र नेपालले आफूहरुमा पनि केही कमजोरी रहेको भने स्वीकारेका छन् ।

शनिबार अध्यक्ष नेपालले दाङ पुगेर दाहालको प्रशंसा गरे । प्रेस संगठन दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले भने, ‘ओली विध्वंसका प्रतिक हुन् । उनकै कारण नेकपाको यो अवस्था भयो । ओलीको तुलनामा त दाहाल धेरै इमान्दार र बफादार नेता हुन् । हामीबीच पार्टीलाई राम्रो बनाउने विषयमा कुनै मतभेद छैन र हुँदैन ।’

बिहीबार नेपाल बुद्धिजीवी संगठनले आयोजना गरेको कार्यक्रममा पनि नेपालले ओलीसँग तुलना गर्दै भने, ‘प्रचण्ड ‘फार बेटर देन’ केपी ओली ।’ नेपालले आलोपालो अध्यक्षताको प्रशंग जोडेका थिए । ‘अहिले म प्रचण्डसँग गएको भनिएको छ । त्यो होइन । हामी दुवै समान अध्यक्ष हौं’, नेपालको भनाइ थियो, ‘अस्तिको स्थायी कमिटीको अध्यक्षता मैले गरेँ । त्यहाँ म पहिलो भएँ । अब बैठकमा प्रचण्डले अध्यक्षता गर्नुहुन्छ । उहाँ पहिलो हुनुहुन्छ । यस्तो काम केपीबाट कहिल्यै भएन ।’

त्यसको अघिल्लो दिन दाहालले नेपालको प्रशंसा गरे । बुधबार काठमाडौं जिल्ला कमिटीको भेलालाई सम्बोधन गर्दै दाहालले भने, ‘हिजो केपी ओलीले आफूलाई एक नम्बरको अध्यक्ष भन्नु भयो । हुन त मेरो उदारता र भावनाले छोडिदिएको हुँ । नत्र एक र दुई भन्ने थिएन । अहिले हामी एक–दुई छैनौं, एक–एक छौं । मिल्नेहरुको कुरै अर्कै हुन्छ । माधवजी अहिले पहिलो अध्यक्ष हुनुहुन्छ । पार्टीभित्र उहाँले अध्यक्षता गर्नुभएको छ । मिल्नेहरुको कुरै अर्कै, नमिल्नेहरुको कुरै अर्कै हुन्छ नि !’

कार्यक्रममा दाहालले माधवलाई एक नम्बरको अध्यक्ष बनाउँदा आफूलाई आनन्द आएको समेत सुनाएका थिए । ‘माधवजीप्रतिको सम्मान धेरै नै बढेको छ । उहाँ केपीको प्रवृत्तिसँग झुक्दिनँ भनेर सतिसालझैँ उभिनुभो । उहाँलाई एक नम्बर अध्यक्ष मान्दा मलाई आनन्द भएको छ’, ‘दाहालले भनेका थिए, ‘हाम्रो वरीयतामा पनि मैले केही समस्या देख्दिनँ ।’

पुस २१ मा जनता समाजवादी पार्टीले आयोजना गरेको अन्तर्क्रियामा ४८ वर्षसम्मको सहयात्रा तोडेर दाहालसँग मिलेको अध्यक्ष नेपालले बताएका थिए । ‘प्रचण्डसँग माधव नेपालको लगनगाँठो कहिलेसम्म ? यीदुईवटैको बीचको अंगालो कहिलेसम्म ? प्रचण्डजी त केपीभन्दा ‘फार बेटर,’ अध्यक्ष नेपालले भनेका थिए ।

दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य गणेश साह दुवै अध्यक्षले जानीबुझी राजनीतिक सन्देश दिन एकअर्काको प्रशंसा गरेको र यसमा केही अन्तर्निहीत अर्थ रहेको बताउँछन् । ‘हामी एकअर्का मिलेर काम गरेनौं भने पहिलाजस्तै दुर्घटना हुन्छ । हामी सफल नभए दुवै अध्यक्ष कलंक भइन्छ भन्ने उहाँहरुमा छ । दुवै अध्यक्ष इमान्दारपूर्वक अगाडि बढनुपर्छ भन्ने पनि छ । यही सिलसिलामा उहाँहरुले एकअर्का प्रति सम्मानपूर्ण अभिव्यक्तिदिनुभएको छ’, साहले भने । तर, उनले धेरै प्रशंसा गर्नुभन्दा काममा ध्यान दिन सुझाव दिए । ‘पटक–पटक भन्नु जरुरी छैन । बोलीभन्दा काममा एकताको सन्देश दिनुपर्छ । उहाँहरुले पहिला भन्नुहुन्थ्यो–नीति, कार्यक्रम, विधि–विधान पद्धतिमा पार्टी चल्नुपर्छ भनेर, अब इमान्दारीपूर्वक त्यसरी काम गर्नुपर्छ । तबमात्र यो प्रशंसाको अर्थ हुन्छ ।’

त्यसो त, पार्टी विभाजन हुँदै पुस ३ गते पेरिसडाँडामा प्रदेश १ का आफू निकट नेता–कार्यकर्तालाई सम्बोधन गर्दै दाहाल र नेपालले ओलीले हेपेका कारण दुई जना एकै ठाउँमा आएको बताएका थिए ।

विभाजनपछि दाहाल–नेपालबीच जिम्मेवारीमा पनि सम्मानपूर्ण व्यवहार देखाएका छन् । उनीहरुबीच समान वरीयता छ र आलोपालो बैठकको अध्यक्षता गर्दै आएका छन् ।

विगतमा फरक–फरक पार्टीमा रहे पनि दाहाल–नेपालबीच पुरानो राजनीतिक सम्बन्ध छ । लामो समयदेखिको सम्बन्धबारे बिहीबारको अन्तरक्रिया कार्यक्रममा नेपालले दाहालप्रतिआशंका नगर्न आग्रह गर्दै भने, ‘पञ्चायतविरोधी संघर्षमा मात्र होइन, गणतन्त्रको आन्दोलन, शान्ति प्रक्रियाको अभियानमा पनि हामी सँगसँगै अगाडि बढेको हौं ।’

पछिल्लो पटक प्रदेश, जिल्ला र जनसंगठनमा रिक्त पदाधिकारी पदपूर्ति गर्ने विधि, प्रक्रिया र मापदण्ड बनाउन नेकपाले बनाएको कार्यदलको संयोजकअध्यक्ष नेपाल नै थिए । नेपालकै नेतृत्वमा कार्यदल बनाएर दाहालले विश्वास बढाउने कोसिस गरेका थिए ।

Advertisement

राजनीतिक विश्लेषक श्याम श्रेष्ठ ओलीलाई सन्देश दिन दाहाल–नेपालले खुलेरै एकअर्काको प्रशंसा गरेको बताउँछन् ।, याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top