×

NEPAL TIMES UPDATES

Playing
कहाँ बस्छन् बालेन सरकारका मन्त्री, यस्तो छ मन्त्री निवासको अवस्था || Nepal Times
Mar 13, 2026
Playing
World News: दुबईमा खस्यो ड्रो*न,Americaलाई UAEले पनि पत्याएन, हर्मुज नखुल्ने|| Nepal Times
Mar 13, 2026
Playing
बालेनका लागि रास्वपाले विधान नै फेर्ने, के छ अवरोध ? || Nepal Times
Mar 13, 2026
Playing
लौरो टेकेका बालेनको घण्टी बजाउँदै सिंहदरबार यात्राःआशाको अग्निप रीक्षा|| Nepal Times
Mar 13, 2026
Playing
इरानले दियो जवाफ, अमेरिकी यूएसएस अब्राहम लिंकनमाथि ह म ला || Nepal Times
Mar 13, 2026
Playing
Top 15 Afternoon News || March-13-2026 || Nepal Times
Mar 13, 2026
Playing
कति सुरक्षित छन् विदेशमा नेपाली श्रमिक?|| Nepal Times
Mar 13, 2026
Playing
खाने तेल लिटरको ५० रुपैयाँसम्म महँगियो|| Nepal Times
Mar 13, 2026
Playing
कुमार पौडेल ‘इ न्काउ ण्टर’प्रकरणः सीडीओसहित १० जनाविरुद्ध अनुशन्धान हुने || Nepal Times
Mar 13, 2026
Playing
इरान युद्धमा एक्लियो अमेरिका,यूएईलेपनि जमिन प्रयोग गर्न नदिने|| Nepal Times
Mar 13, 2026

पुटिनका आलोचक नाभाल्नी हिरासतमा, बाइडनको टोलीद्वारा निन्दा

५ माघ, एजेन्सी ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक तथा विपक्षी दलका नेता एलेक्सी नाभाल्नीलाई हिरासतमा लिइएको छ ।

जर्मनीमा लामो समयको उपचारपछि आइतबार स्वदेश फर्किएका नाभाल्नीलाई विमानस्थलबाटै हिरासतमा लिइएको हो । ४४ वर्षीय नाभाल्नीलाई शेरेमेत्येवो विमानस्थलबाट हिरासतमा लिइएको अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यमले जनाएका छन् ।

नाभाल्नी आउने थाहा पाएपछि मस्को विमानस्थलमा उनको स्वागतका लागि हजारौं समर्थक भेला भएको थिए । तर विमानस्थलमा भीड भएको भन्दै नाभाल्नीको विमानलाई डाइभर्ट गरी शेरेमेत्येवो विमानस्थलमा अवतरण गराइएको थियो ।

हिरासतमा लिइनुभन्दा केही मिनेटअघि नाभाल्नीले सञ्‍चारमाध्यम र आफ्ना समर्थकसँग भने, मलाई थाहा छ कि म सही छु । मलाई कुनै कुराको डर छैन । ममाथि लगाइएका सबै आपराधिक मुद्दा झूटा हुन् ।

पछिल्लो समय रुसी अधिकारीहरुले नाभाल्नीविरुद्ध भ्रष्टाचारको मुद्दामा अनुसन्धान भइरहेको र उनी छिट्टै जेल जान सक्ने चेतावनी दिइरहेका थिए। नाभाल्नीले ५० लाख अमेरिकी डलर भ्रष्टाचार गरेको आरोप लगाइएको छ ।

तर नाभाल्नीले भने ती सबै आरोप आधारहीन भएको र उनलाई फसाउन हल्ला फैलाइएको बताउँदै आएका थिए । रुसी अधिकारीले नाभाल्नीलाई डिसेम्बरमै हाजिर हुन निर्देशन दिएका थिए ।

गत सेप्टेम्बर १५ मा गम्भीर अवस्थामा रहेका रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीलाई उपचारका लागि साइबेरियाबाट जर्मनी पुर्‍याइएको थियो । अचेत अवस्थामा रहेका उनले पिएको चियामा विष घोलिएको उनका समर्थकहरूको आशंका व्यक्त गरेका थिए ।

उनको स्वास्थ्य अवस्था गम्भीर रहेको समाचार सार्वजनिक भएसँगै जर्मन चान्सलर एंगेला मर्कलले नाभाल्नीलाई आवश्यक पर्ने हरेक सहयोग गर्न जर्मनी तयार रहेको बताएकी थिइन् । नाभाल्नी अहिले पनि जर्मनीको बर्लिनस्थित अस्पतालमा उपचाररत छन् ।

ओम्स्कमा नाभाल्नीको उपचारमा संलग्न चिकित्सकहरूले अन्यत्र लैजानका लागि अनुमति दिएका थिएनन् । तर पछि नाभाल्नीको अवस्था स्थिर रहेको बताएसँगै उनकी पत्नी युलियासहितको टोलीले उनलाई जर्मनीको बर्लिन पुर्यानएको हो । पछिल्लो समय उनको स्वास्थ्यमा सुधार भइरहेको बताइएको छ ।

४४ वर्षीय नाभाल्नी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कडा आलोचक हुन् । सरकारी भ्रष्टाचारको भन्डाफोर गर्दै आएका नाभाल्नी कैयौं पटक जेल परिसकेका छन् । गत जुनमा संविधान सुधारका लागि रुसमा भएको चुनावलाई उनले ‘कु’ को संज्ञा दिएका थिए । उक्त चुनावले पुटिनलाई थप दुई राष्ट्रपति बन्ने बाटो खोलिदिएको थियो ।

अमेरिकाका राष्ट्रपति निर्वाचित जो बाइडनको टोलीले नभाल्नीलाई तुरुन्त रिहा गर्न माग गरेको छ। बाइडनले राष्ट्रिय सुरक्षा सल्लाहकारमा मनोनित गरेका जेक सुलिभानले नभाल्नीको ज्यान लिने कोसिस गरेकाहरूलाई जबाफदेही बनाउन पनि आह्वान गरे।

अन्य पश्चिमा नेताहरूले पनि नभाल्नीको पक्राउको निन्दा गरेका छन्। युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिसेलले नभाल्नीको पक्राउलाई ‘अस्वीकार्य’ भनेका छन्। “उनलाई तत्काल रिहा गर्न म रुसी अधिकारीहरूलाई आह्वान गर्छु,” मिसेलले ट्वीटमा लेखेका छन्।

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top