विराटनगर,जेठ १९
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थानीय तहमा ९५ प्रतिशत कर्मचारी पठाईसकिएको बताएका छन् ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै मन्त्री पण्डितले स्थानिय निकायका प्रमुख र महत्वपुर्ण पदहरुका ९५ प्रतिशत कर्मचारी पठाईसकिएको र बांकी कर्मचारी यहि महिनाको मसान्तसम्म पठाईसक्ने बताए ।
उनले हालकालागि स्वेच्छीक अवकास स्थगित रहेको जानकारी दिँदै नियममित रुपमा अहिलेसम्म दुई हजार कर्मचारीले अवकास लिएको र वाँकीले आफ्नो कार्य सुचारु रुपले गरिरहेको बताए ।
मन्त्री पण्डितले प्रस्तावित संघीय निजामती विधेयक कानून मन्त्रालय पुगेको जानकारी दिदै धेरै कर्मचारी संगठन आवश्यक नरहेको बताए । उनले कर्मचारीको एक आधिकारिक ट्रेड यूनियन वाहेक अन्य हटाउने तयारी गरिरहेको पनि जानकारी दिए ।
निर्वाचित एउटा मात्र कर्मचारी संगठन हुनुपर्ने पक्षमा सरकारले तयारी गरिरहेको रहेको समेत उनले बताए । ट्रेड यूनियनहरुले सरकारले गर्ने निति निर्माणमा सुझाव एवम् सहयोग दिन सक्ने उनको भनाई थियो ।