पीएम कपः प्रदेश एकलाई दुई विकेटले हराउँदै गण्डकी प्रदेश विजयी

५ माघ, काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सोमबार भएको पहिलो खेलमा गण्डकी प्रदेश विजयी भएको छ । गण्डकीले प्रदेश नम्बर एकलाई दुई विकेटले हराएको हो ।

मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश एक २४ ओभर चार बलमा एक सय दुई रनमै अलआउट भयो । उसका लागि कप्तान सिद्धान्त लोहनीले २४ र मिनाश थापाले २२ रन बनाए । प्रदेश एकलाई कम योगफलमै रोक्न विशाल पौडेल र सुवाश भण्डारीले चार–चार विकेट लिँदा विपिन खत्रीले दुई विकेट लिए ।

एक सय तीन रनको झिनो लक्ष्य पाएर जवाफी ब्याटिङमा उत्रिएको गण्डकीलाई जित्न हम्मे हम्मे पर्याे । उसले ३७ ओभरमा आठ विकेट गुमाउँदै लक्ष्य भेट्यायो ।

बलिङतर्फ प्रदेश एकका शुभंकर उराव र मिनाश थापाले दुई–दुई विकेट लिए । गण्डकीका दुई खेलाडी रनआउट भए ।
सोमबारकै अर्काे खेलमा वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेश खेलिरहेका छन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top