अस्ट्रेलियाविरुद्धको निर्णायक टेस्ट भारतले जित्यो, ३३ वर्षमा अस्ट्रेलिया पहिलो पटक पराजय

६ माघ, एजेन्सी । अस्ट्रेलियाविरुद्धको चौथो तथा निर्णायक टेस्टमा भारतले अस्ट्रेलियालाई मंगलबार ३ विकेट पराजित गरेको छ । जितसँगै भारतले ४ खेलको सिरिज २-१ ले कब्जा गरेको छ ।

पहिलो टेस्टमा अस्ट्रेलिया विजयी हुँदा दोस्रो टेस्टमा भारतले जित निकालेको थियो। तेस्रो टेस्ट बराबरीमा सकिएको थियो ।

ब्रिसबेनमा भएको चौथो टेस्टमा अस्ट्रेलियाले दिएको ३२८ रनको लक्ष्य भारतले ७ विकेटको क्षतिमा पूरा ग¥यो ।

ब्रिसबेनमा अस्ट्रेलियाले ३३ वर्षमा पहिलो पटक पराजय भोगेको हो ।

भारतको जितमा रिशव पन्तले उत्कृष्ट ब्याटिङ गरे। उनले दोस्रो इनिङ्ग्समा नटआउट ८९ रन जोडे । त्यसका लागि पन्तले १३८ बलमा ९ चौका र १ छक्का हिर्काए ।

त्यसअघि शुभमान गिलले ९१ रनको योगदान गरेसँगै भारत बलियो अवस्थामा पुगेको थियो । उनले १४६ बलमा ८ चौका र २ छक्का हिर्काए ।

चेतेश्वर पुजाराले ५६ रनको योगदान दिए। उनले २११ बलमा ७ चौका हिर्काए । वासिङटन सुन्दरले अन्त्यतिर २९ बलमा २२ रन जोडे ।

बलिङमा अस्ट्रेलियाका पाट कमिङ्ग्सले चार ४ विकेट लिए ।

अस्ट्रेलिया दोस्रो इनिङ्ग्समा २९४ रनमा अलआउट भएपछि भारतले ३२८ रनको लक्ष्य पाएको थियो ।

दोस्रो इनिङमा अस्ट्रेलियाका लागि स्टेभिन स्मिथले ५५ रन र डेभिड वार्नरले ४८ रनको योगदान दिए । बलिङमा भारतका मोहमद सिराजले ५ विकेट लिए । शार्दुल ठाकुरले ४ विकेट लिन सफल भए ।

त्यसअघि पहिलो इनिङ्ग्समा अस्ट्रेलियाले ३६९ रन जोड्दा भारत ३३६ रनमा अलआउट भएको थियो ।

अस्ट्रेलियाका लागि पहिलो इनिङमा मार्नस लबुसेनले १०८ रनको योगदान दिँदा बलिङमा भारतका टी नटराजन, शार्दुल ठाकुर र वासिङटन सुन्दरले ३-३ विकेट लिएका थिए ।

भारतका लागि पहिलो इनिङ्ग्समा शार्दुल ठाकुरले ६७ र वासिङटन सुन्दरले ६२ रन जोडे । बलिङमा अस्ट्रेलियाका जोश हजलउडले ५ विकेट हात पारे ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top