×

NEPAL TIMES UPDATES

Playing
Iran यु द्ध नयाँ चरणमा, तेलको मूल्यवृद्धिले विश्वभर हलचल हुने || Nepal Times
Mar 20, 2026
Playing
अमेरिकामा नेपाली परिवारको बीभ त्स ह त्याको भिडियो सार्वजनिक|| Nepal Times
Mar 20, 2026
Playing
Iranमा सबैभन्दा ठूलो ह म ला हुने, उर्जा केन्द्रमा भने अब आ क्र मण नहुने || Nepal Times
Mar 20, 2026
Playing
देशभर मौसम बिग्रिँदै,११९ किमि प्रतिघण्टासम्म हुरी चल्ने चे ताव नी|| Nepal Times
Mar 20, 2026
Playing
१६ अमेरिकी सैन्य विमान ध्व*स्त, होर्मुजबाट फर्किए अमेरिकी यु*द्धपोत|| Nepal Times
Mar 20, 2026
Playing
शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था|| Nepal Times
Mar 20, 2026
Playing
चैत १३ गते Balen प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री|| Nepal Times
Mar 20, 2026
Playing
खुंखार बन्यो इरान, तेल पूर्वाधार उडायो, रक्षात्मक बने ट्रम्प || Nepal Times
Mar 19, 2026
Playing
इरान, टर्कीएपछि अब ताइवान पनि ड्रोन सेनाको सुपर पावर|| Nepal Times
Mar 19, 2026
Playing
सरकार निर्माण र सांसदहरूलाई शपथको बाटो खुल्यो, सर्वदलीय बैठकमा के भयो ? || Nepal Times
Mar 19, 2026

ट्रम्पले नयाँ राजनीति दल खोल्ने 

७ माघ, एजेन्सी ।
ह्वाइट हाउसबाट बुधबारदेखि बिदा हुँदै गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ राजनीति दल खोल्ने बारे आफ्ना सहयोगी तथा सल्लाहकारसँग परामर्श गरेको खुलेको छ।

द वाल स्ट्रिट जर्नलले स्रोतहरुको भनाई उद्धृत गर्दै गएको हप्ता ट्रम्पले सहयोगी तथा सल्लाहकारहरुसँग नयाँ राजनीतिक दल खोल्ने सम्भावनाबारे छलफल गरेको दाबीसहितको खबर प्रकाशित गरेको हो।

Advertisement

रिपब्लिकन पार्टी भित्रको विवाद तथा मदभेदका कारण ट्रम्पले ह्वाइट हाउसबाट बिदा भएपछि नयाँ राजनीतिक दल खोल्ने सम्भावनाबारे छलफल गरेका हुन्।

राष्ट्रपतिका रुपमा अन्तिम सम्बोधनमा पनि उनले आफूले सुरु गरेको ‘अमेरिका फस्ट’ आन्दोलनको अन्त्य नभइ सुरुवात मात्रै भएको बताएर नयाँ राजनीतिक पार्टीको सम्भावनालाई बल प्रदान गरेको विश्लेषण गरिएको छ।

ट्रम्पको चार वर्षे शासनकालमा अधिकांश समय साथमा रहेको रिपब्लिकन नेताहरु जनवरी ६ मा उनको उक्साहटमा संसद भवनमा भएको हिंसात्मक आक्रमणपछि दूरी बनाएका वा आलोचनामा उत्रिएका छन्।

सिनेट मेजोरिटी लिडर मिच म्याकनोलले ट्रम्प तथा अरु शक्तिशालीको उक्साहटमा संसद भवनमा आक्रमण भएको मंगलबार सिनेटमा बताए।

हिंसात्मक बिद्रोहका लागि उक्साएको अभियोगमा ट्रम्पमाथि महाअभियोग लागेको छ। त्यसमाथि सिनेटमा आउँदा हप्तामा छलफल सुरु हुनेछ। त्यसअघि लिडर मिचको सम्बोधनलाई अर्थपूर्ण मानिएको छ।

पूर्णरुपमा अझै पनि ट्रम्पले नोभेम्बर ३ मा भएको चुनावको नतिजा स्वीकार गरेका छैनन्। सो चुनावमा विजयी भएका जो बाइडेनले बुधबार अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा शपथ लिँदै छन्।

पार्टी भित्र एक्लिँदै गएका तथा समर्थकहरुको आधार बलियो देखेका ट्रम्पले नयाँ पार्टी खोल्नेबारे विचार गरे पनि सो छलफल कति गम्भीर हो भन्ने स्पष्ट नभएको वाल स्ट्रिट जर्नलको खबरमा उल्लेख छ।

भर्खरको समाचार

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

कम्बोडियामा अलपत्र २० नेपालीको उद्धार, वैदेशिक ठगीको जालो

combodia flag

चुनाव हारेका सभापति गगनले दिए राजीनामा, पदाधिकारीले के गर्लान् ?

gagan thapa

सम्बन्धित खबरहरु

Scroll to Top