मलाई र प्रचण्डलाई जेलमा कोच्ने योजनाका साथ ललितानिवास प्रकरण ल्याइएको होः माधव नेपाल

७ माघ ७७, बुधबार

७ माघ, काठमाडौं ।
नेकपा (दाहाल–नेपाल) समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुलाई जेलमा कोच्ने योजना बनाएको बताएका छन्।

Advertisement

बुधबार सम्पादकहरुसँग छलफल गर्दै अध्यक्ष नेपालले एक नम्बरमा आफूलाई र त्यसपछि प्रचण्डलाई जेलमा कोच्ने योजनाका साथ ललितानिवास प्रकरण ल्याइएको बताए।

प्रधानमन्त्री निवास बालुवाटारको ललिता निवास सरकारी जग्गा व्यक्तिका नाममा लिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ। तर, अध्यक्ष नेपाललाई भने मुद्दामा समावेस गरिएको छैन।

Advertisement

सरकारले प्रतिनिधिसभा विघटन गरी मध्यावधि चुनाव घोषणा गरेपछि सत्तारुढ दल नेकपा अहिले दुई गुटमा विभाजित छ। ओलीको नेतृत्वमा एक गुट छ भने माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा अर्को गुट बनेको छ।

माधव प्रचण्ड अहिले प्रतिनिधिसभा विरुद्ध आन्दोलनमा छन्। आन्दोलनबारे नेकपा (दाहाल–नेपाल) समूहले सम्पादकहरुसँग छलफल गरेको हो।

Advertisement

छलफलका क्रममा अध्यक्ष नेपालले ओलीले अध्यक्ष निर्वाचित भएपछि आफूमाथि पेल्न थालेको भन्दै पार्टी एकतापछि पनि पेल्न नछोडेको बताए। अहिले भने आफूहरु ओलीबाट मुक्त भएको भन्दै राहत महसुस भएको बताएका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top