राजतन्त्रको अपमान गरेको आरोपमा एक महिलालाई ४३ वर्ष कैद सजाय

७ माघ, एजेन्सी ।
थाईल्यान्डमा एकजना महिलालाई राजपरिवारको आलोचना गरेको आरोपमा ४३ वर्षको कैद सजाय सुनाइएको छ।

Advertisement

राजतन्त्रको अपमान गरेको आरोपमा थाईल्यान्डमा सुनाइएको यो सबैभन्दा कडा सजाय हो। आन्चन भनेर मात्र चिनिने पूर्वप्रशासक महिलाले सामाजिक सञ्जालमा एउटा अडिओ पडकास्टका क्लीपहरू राखेकी थिइन्।

६३ वर्षीया ती महिलाले अडिओ फाइल केवल शेअर गरेकी थिइन्। उनले त्यसमा कुनै टिप्पणी गरेकी थिइनन्। थाईल्यान्डको राजतन्त्रको अपमानसम्बन्धी कानुन संसारकै सबैभन्दा कडामध्ये पर्छ।

Advertisement

आन्चनले सन् २०१४ र २०१५ को बीचमा युट्युब तथा फेसबुकमा क्लीपहरू शेअर गरेको २९ विभिन्न आरोपमा दोष स्वीकार गरेकी थिइन्। सुरुमा उनलाई ८७ वर्षको कैद सजाय सुनाइएको थियो। तर उनले दोष स्वीकारेकोले सजाय आधा घटाइयो।

सन् २०१४ मा सेनाले सत्ता कब्जा गरेपछि राजतन्त्रको अपमान गरेको मुद्दा खेप्ने १४ जनाको समूहमध्ये उनी पनि पर्छिन्। उक्त समूहले राजतन्त्रसम्बन्ध आधिकारिक धारणाहरूमाथि प्रश्न उठाइएका पडकास्टहरू अपलोड गर्ने गरेको आरोप छ।

Advertisement

उनीहरूविरुद्धको मुद्दा बन्द इजलासमा चलेको थियो र राष्ट्रिय सुरक्षाको कारण देखाउँदै उनीहरूविरुद्धको प्रमाण गोप्य नै राखियो। थाईल्यान्डमा बारम्बार राजनीतिक अशान्ति तथा विरोध प्रदर्शनहरू भइरहन्छन्।

पछिल्लो विरोध प्रदर्शनको शृङ्खला गत फेब्रुअरीमा सुरु भएको थियो जब एउटा अदालतले एउटा कमजोर हुँदै गएको प्रजातन्त्र समर्थक राजनीतिक दलुलाई विघटन हुन आदेश दियो।

विरोध प्रदर्शनकारीहरूले विभिन्न माग राखेका थिए। तर उनीहरूले राजतन्त्रको शक्तिमाथि प्रश्न उठाउन थालेपछि प्रदर्शनहरू चर्किए। उनीहरूले हालसालै विस्तार गरिएको राजतन्त्रको शक्ति कटौती गरिनुपर्ने माग राखेका थिए।

साथै राजतन्त्रको सबै सम्पत्ति राजाले आफ्नो व्यक्तिगत भएको घोषणा गरेकोप्रति चुनौती पेश गरेका थिए। उक्त घोषणाले राजा थाईल्यान्ड सबभन्दा धनी व्यक्ति बनेका थिए। यसअघि ती सम्पत्ति जनताको फाइदाका निम्ति भन्दै कोषहरूमा राखिएका थिए।

बीबीसीका जनाथन हेड भन्छन् यसपाली एकजना महिलालाई सामाजिक सञ्जालमा क्लीप अपलोड गरेको आरोपमा यति कडा कैद सजाय, त्यो पनि घटना भएको यत्तिका वर्षपछि, सुनाइनुले थाई अधिकारीहरू असन्तुष्ट समूहलाई राजतन्त्रबारे बोल्नबाट जोगिन चेतावनी दिन चाहन्छन् भन्ने बुझ्न सकिन्छ।(बीबीसी)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top