इन्टेग्रीटी आईकन २०२० को छनौटमा परेको सूची सार्वजनिक

७ माघ ७७, बुधबार

७ माघ, विराटनगर । सार्वजनिक सेवामा रहेर निष्ठापूर्वक जिम्मेवारी बहन गरी उदाहरण प्रस्तुत गर्ने कर्मचारीलाई प्रोत्साहन गर्ने उद्वेश्यले हरेक वर्ष इन्टेग्रीटी आईकनका लागि छनौटमा परेका ब्यक्तिहरुको नाम सार्वजनिक गरिएको छ ।

Advertisement

महामारीले निम्त्याएको चुनौतीका बावजुत पनि, हरेक वर्ष जस्तै, यस वर्ष पनि अकाउन्टविलिटी ल्याब नेपालले भर्चुअल माध्यमबाट इन्टेग्रीटी आईकन २०२० लाई सार्वजनिक गरेको हो ।

७ वर्ष अगाडी नेपालबाट सुरु भएको यो अभियान हालविश्वका १२ मुलुकमा पुगिसकेको छ । यस वर्षका इन्टेग्रीटी आईकनहरूलाई देशभरीबाट प्राप्त भएका १५०२ मनोनयनबाट निर्णयक समितिले छनौट गरेका थिए ।

Advertisement

निर्णायक समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सुर्यनाथ उपाध्याय, अधिकार सम्पन्न संघीय प्रशासनिक पुनः संरचना सहजिकरण समितिका अध्यक्ष एवम् प्रशासनविद् काशीराज दाहाल, पूर्र्व सचिव जीवन प्रभा लामा, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक पुण्यप्रसाद न्यौपाने र आइआइडिएस सेन्टर फर गभर्नेन्सका निर्देशक सुचिता प्याकुरेल रहेका थिए ।

इन्टेग्रीटी आइकन २०२० का लागि छनौट भएका व्यक्तिहरुमा आरती थारु,जनस्वास्थ्य निरीक्षक, नेपालगञ्ज स्वास्थ्यचौकी दिपक ज्ञवाली, महाशाखा प्रमुख, उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालय, लुम्विनी प्रदेश, बुटवल, हेमबहादुर आले मगर, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र, ओखलढुंगा, मञ्जु महत, अधिकृत, महिला, बालबालिकातथा ज्येष्ठ नागरिक शाखा, मंगलसेन नगरपालिका, अछाम, र डा. नविनबन्धु पहाडी, शिक्षक, नीलकण्ठ उच्चमाध्यामीक विद्यालय, धादिङका रहेका छन् ।

Advertisement

यी आईकन र उनीहरूले गरेका कामलाई सामाजिक सञ्जाल फेसबुक, ट्वीटर र इन्स्टाग्रामको माध्यमबाट आउँदो एक हप्ता भरी प्रस्तुत गरिनेछ । आगामी माघ ९ गते भर्चुअल माध्यमबाट सम्मान समारोह समेत आयोजना गरिने छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top