×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

कोरोना खोपको आयात प्रक्रिया सहज बनाउन भन्सार विभागले छरितो उपाय अबलम्बन गर्ने

८ माघ, काठमाडौं । नेपाल भित्रिने कोभिड-१९ विरुद्धको खोपको आयात प्रक्रिया सहज बनाउन भन्सार विभागले छरितो उपाय अबलम्बन गर्ने भएको छ ।

कुनै अवरोध र झन्जट बीनै खोप भित्र्याउन सहजीकरण गर्ने गरी ११ बुँदे कार्ययोजना बनाएर कार्यन्वयन सुरु गरिएको विभागका महानिर्देशक सुमन दाहालले जानकारी दिए ।

Advertisement
Advertisement

खोप आयात सहज र सरल बनाउन त्रिभूवन विमानस्थल भन्सार कार्यालयमा छुट्टै ईकाई (डेडिकेटेड यूनिट) राखिएको र त्यसलाई समन्वय गर्ने गरी विभागमा तत्काल समस्या समाधान कार्यदल (¥यापिड रेस्पोन्स टिम) तयारी अवस्थामा राखिएको विभागले जनाएको छ ।

अनुमति प्राप्त कम्पनीबाट हुने खोपको आयात पूर्व नै कागजात उपलब्ध भए प्रि-अराइभल प्रोसेसिङ मिलाईने पनि विभागले जनाएको छ ।

Advertisement
Advertisement

सार्वजनिक विदाको दिनमा पनि प्राथमिकतासाथ खोपको जाँच पास गरिने खोपको विषयमा कुनै अन्यौलता देखिए तत्काल स्वास्थ्य मन्त्रालयसँग समन्वय गर्ने र खोप आयात गर्दा ल्याइने कोल्ड चेन उपकरण कन्टेनर तथा बक्साहरु पैठारीकर्ताले फिर्ता लैजान दिने व्यवस्था मिलाइने पनि विभागले जनाएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top