×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

नेपाल र चीनबीच भएका केही सम्झौताबारे अमेरिकाको नेपाललाई प्रश्न

८ माघ, काठमाडौं । गत वर्ष चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणको समयमा नेपाल र चीनको बीचमा भएका केही सम्झौताहरुको बारेमा अमेरिकाले नेपालसँग प्रश्न सोधेको छ ।

अबको केही घन्टामा सुरु हुने मानव अधिकार परिषद्को बैठकको पूर्व सन्ध्यामा अन्य केही मुलुकसँगै अमेरिकाले केही एडभान्स प्रश्नहरु पठाएको छ । परिषद्को तेस्रो आवधिक बैठकमा यि प्रश्नहरुबारे छलफल हुनेछ । सो बैठकलाई परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सम्वोधन गर्ने कार्यक्रम छ । सो बैठकमा १०० भन्दा बढी मुलुकहरुले बोल्ने कार्यक्रम रहेको छ ।

Advertisement
Advertisement

अमेरिकाले चीनसँग भएको सीमा व्यवस्थापन प्रणाली, पारस्परिक कानुनी सहायता सम्झौता र चीनसँग गर्न लागिएको सुपुर्दगी सन्धिकोे पछिल्लो अवस्थाको बारेमा प्रश्न गरेको छ ।

चिनियाँ राष्ट्रपति सिको नेपाल भ्रमणको समयमा सीमा व्यवस्थापन प्रणाली र कानुनी सहायतको बारेमा सहमति भएको थियो भने सुपुर्दगी सन्धिको बारेमा भने सहमति हुन सकेको थिएन । सुपुर्दगी सन्धि नेपालमा रहेका तिब्बती शरणार्थीहरुप्रति लक्षित हुनसक्ने भन्दै अमेरिकाले चासो प्रकट गरिरहेको छ ।

त्यसैगरी अमेरिकाले नेपालमा रहेका तिब्बती शरणार्थीहरुको बारेमा पनि प्रश्न गरेको छ । अमेरिकाले पठाएको प्रश्नमा भनिएको छ,‘शरणार्थीहरुको दर्ता र भेरिफाइ गर्ने नेपाल सरकारका योजनाहरु के के छन् ? के उनीहरुले औपचारिक रुपमा काम गर्न र सेवा प्राप्त गर्न परिचय झल्काउने कागजात प्राप्त गर्छन् ?’ केही हप्ता अगाडि मात्रै अमेरिकाले तिब्बती शरणार्थी सम्बन्धी नयाँ कानुनको निर्माण गरेको छ ।

अमेरिकाले संक्रमणकालिन न्याय प्रणालीको बारेमा समेत प्रश्न उठाएका छन् । अमेरिकाले नेपालको संक्रमणकालिन न्याय संयन्त्रले अझै पनि अन्तर्राष्ट्रिय मापदण्ड पूरा नगरेको उल्लेख छ । उसले भनेको छ,‘जनवरी महिनासम्म नेपालले सर्वाेच्च अदालतको आदेश र अन्तर्राष्ट्रिय मापदण्ड पुरा गर्नेगरी कानुन संशोधन गरेको छैन् ।’

त्यसैगरी अमेरिकाले मिडिया काउन्सिल विधेयक,सूचना प्रविधि सम्बन्धी विधेयक र आम संचार कानुन सम्बन्धी विधेयकको बारेमा समेत प्रश्न गरेको छ । यि विधेयकले प्रेस स्वतन्त्रतालाई सिमित गर्न खोजेको भनी चौतर्फी विरोध भइरहेको छ ।

Advertisement
Advertisement

त्यसैगरी बेलायत र आयरल्याण्डले पनि विभिन्न प्रश्नहरु गरेका छन् । उनीहरुले धार्मिक स्वतन्त्रताको विषय उठान गरेका छन् । बेलायतले पनि संक्रमणकालिन न्यायको विषय उठाएको छ । त्यसैगरी बेल्जियमले पनि संक्रमणकालिन न्यायको भएको प्रगतीको बारेमा प्रश्न गरेको छ । मानव अधिकार परिषदको बैठकमा नपालमा मानव अधिकारको अवस्थाको बारेमा छलफल हुन्छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top