Nepal Times
Nepal Times
3
Shares

गुरुकुल खुल्यो, शुक्रबारदेखि ‘सन्ध्या’ मञ्चन हुने

गुरुकुल खुल्यो, शुक्रबारदेखि ‘सन्ध्या’ मञ्चन हुने

८ माघ, विराटनगर । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका नाटक घरहरु धमाधम खुल्न थालेका छन् ।

गतवर्षको चैतदेखि बन्द रहेका नाटक घरहरुमा नाटक मञ्चन गर्दै औपचारिक रुपमा खुला भएको घोषणा गरिँदैछ । यहिक्रममा आरोहण गुरुकुल विराटनगरमा माघ ९ गते शुक्रबारदेखि नाटक ‘सन्ध्या’ मञ्चन हुने भएको छ । सुशीला कोइराला नाटकघरमा माघ १३ गतेसम्म दैनिक दिउँसो ३ बजे नाटक मञ्चन हुनेछ । धीरज राईको लेखन तथा दिपेश भण्डारीको निर्देशनमा तयार उक्त नाटक २ वर्षअघि पनि मञ्चन गरिएको थियो । नाटकमा विकास पराजुली, सविन भट्टराई, जिना कार्की, अनुपमा बास्तोला, प्रदीप दाहाल, मिलन राई, अशोक गौतमले अभिनय गरेका छन् । सरकारले निर्धारण गरेका स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै नाटकघर खोल्ने निर्णयमा पुगिएको आरोहण, विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले बताए । लकडाउन अन्त्य भएको लामो समयपछि मात्र नाटकघरहरु खुल्न थालेका हुन् । देशभरका नाटकघरहरु श्रृङ्खलाबद्ध रुपमा खोल्ने योजनाअनुसार माघ १ गतेदेखि काठमाडौं लगायत अन्य स्थानका नाटकघरहरु खुल्न थालिसकेका छन् । विगत १० महिना बढि समयदेखि ठप्प रहेको रंगमञ्च क्षेत्र खुला भएसँगै जोखिम कम गर्दै नियमित रुपमा नाटक मञ्चन गर्ने तयारीमा रंगकर्मीहरु लागेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.