भारतमा ६०० जनामा देखियो कोरोना खोपको साइड इफेक्ट, सामान्य समस्या भएको स्वास्थमन्त्रीको दाबी

८ माघ, विराटनगर ।
भारतमा झन्डै ६ सय जनामा कोरोना खोपको साइड इफेक्ट देखिएको छ ।

जनवरी १६ देखि त्यहाँ खोप लगाउन सुरु गरिएको थियो । यस अवधिमा केही राज्यबाट खोप लगाएपछि मृत्यु भएको समाचार पनि बाहिरिएका छन् । यद्यपि, पोस्टमार्टम रिपोर्टले खोपकै कारण उनीहरुको मृत्यु नभएको देखाएको छ ।

यसबारे प्रतिक्रिया दिँदै भारतमा स्वास्थमन्त्री डा. हर्षवर्धनले खोप पुरै सुरक्षित र प्रभावकारी रहेको बताएका छन् । उनले साइड इफेक्ट देखिनु सामान्य रहेको प्रतिक्रिया दिएका छन् ।

Advertisement

कुनै पनि खोपमा साइड इफेक्ट देखिने उनले बताए । उनले भने, ‘यो दूग्र्भायपूर्ण छ कि केही मानिसहरु राजनीतिक फाइदाका लागि खोपबारे गलत कुरा फैलाइरहेका छन् । जसकारण, केही मानिसहरु खोप लगाउन डराइरहेका छन् ।

सरकार यो चाहदैंन कि खोपपछि कसैमाथि गलत प्रभाव परोस् । सबैलाई सुरक्षित राख्नु हाम्रो जिम्मेवारी हो ।’ भारतमा अहिलेसम्म ७ लाख ८६ हजार स्वास्थकर्मीले कोरोना खोपको पहिलो डोज लिइसकेका छन् ।

खोप कार्यक्रमको पाँचौ दिन बुधबार साँझ ६ बजेसम्म २० राज्य र केन्द्रशासित प्रदेशमा १ लाख १२ हजार ७ जनाले खोप लगाए । स्वास्थ मन्त्रालयका अनुसार पाँचौ दिन (२० जनवरी) मा साइड इफेक्टका कुल ८२ घटना देखिए ।

दिल्लीमा ४, कर्नाटकमा २, उत्तराखण्ड, छत्तिसगढ, राजस्थान र पश्चिम बंगालमा एक–एकजनालाई अस्पताल भर्ना गर्नुपर्यो । दिल्लीमा एकजनाको उपचार हुँदैछ भने बाँकी तीनजना डिस्चार्ज भइसकेका छन् ।

कर्नाटकमा पनि दुईमध्ये एकजना डिस्चार्ज भइरहेका छन् । बंगालमा एक व्यक्तिको उपचार हुँदैछ ।

‘खोपका कारण कसैको मृत्यु भएको छैन’

खोपका कारण मृत्यु भएको रिपोर्टबारे स्वास्थ मन्त्रालयले स्पष्टीकरण दिएको छ । मन्त्रालयका अनुसार उत्तर प्रदेश र तेलंगानामा १–१ र कर्नाटकमा दुईजनाको मृत्यु भएको खबर बाहिर आएको छ ।

यूपी–कर्नाटकमा मरेकाहरुको पोस्टमार्टम रिपोर्टले स्पष्ट गरेको छ कि मृत्युको कारण खोप नभएर अन्य समस्या हो । त्यस्तै,तेलंगानामा मृतकको पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ ।

भर्खरको समाचार

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

सम्बन्धित समाचार

Scroll to Top