सवारी चालकसँग घुस रकम लिने तीन जना प्रहरी निलम्बनमा

८ माघ ७७, शुक्रबार

९ माघ, काठमाडाैँ ।

सवारी चालकसँग घुस रकम लिने तीन जना प्रहरी कर्मचारीलाई पछिल्लो पटक वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाले कारवाही गरेको छ । आर्थिक प्रलोभनमा परी आफूलाई दिइएको जिम्मेवारी इमान्दारिताका साथ निर्वाह नगर्ने तीन जना प्रहरी कर्मचारीलाई निलम्बन गरिएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी हवल्दार लोकबहादुर घर्ती, प्रहरी जवान जमुना खड्का र वडा प्रहरी कार्यालय नारायणगढ चितवनमा कार्यरत प्रहरी जवान पूर्णसिंह रश्मी मगरलाई नियन्त्रणमा लिई प्रदेश प्रहरी कार्यालय हेटौँडामा झिकाइएकोमा उनीहरुको सम्बन्धमा थप छानविन गर्न हाललाई निलम्बन गरिएका प्रदेश प्रहरी कार्यालय हेटौँडाका वरिष्ठ प्रहरी उपरीक्षक मिरा चौधरीले जानकारी दिइन् ।

Advertisement

प्रहरीको आन्तरिक शुद्धीकरण अभियानअन्तर्गत प्रहरी कर्मचारीलाई निलम्बन गरिएको उनले जानकारी दिइन। निलम्बित प्रहरी कर्मचारीको सम्बन्धमा थप छानविन गर्न प्रदेश प्रहरी कार्यालय हेटौँडाले प्रहरी नायब उपरीक्षक सुरेशप्रसाद काफ्लेको संयोजकत्वमा तीन सदस्यीय छानविन टोली गठन गरेको छ ।

वाग्मती प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रकम लिँदै गरेको अवस्थामा उनीहरुलाई गत माघ ६ गते नियन्त्रणमा लिएको थियो । प्रदेश प्रहरीले सम्बन्धित स्थानमा स्थलगत रुपमा खटिइ गएका प्रहरी अधिकृतको टोलीले डिउटीमा खटिएको अवस्थामा यातायात व्यवसायीका दलालमार्फत भरतपुर महानगरपालिका–१ पुल्चोकस्थित कालीगण्डकी कोल्ड स्टोर ९पान पसल० बाट अवैध रकम लिँदै गरेको अवस्थामा पक्राउ गरिएको थियो ।

Advertisement

चितवनको नारायणगण, पुल्चोक भई राजमार्गमा चल्ने बस, मिनिबस, माइक्रोबस व्यवसायीका दलालमार्फत नारायणगढ पुल्चोकमा डिउटीमा खटिएका प्रहरी कर्मचारीले पैसा लिने गरेको भन्ने प्राप्त सूचनाको आधारमा प्रहरीको सङ्लग्नता बारेमा अनुगमन एवं अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालय हेटौँडाबाट प्रहरी खटिएको थियो ।

आफ्नो ड्युटीमा इमान्दारिता प्रदर्शन गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गर्ने र गैरव्यावसायिक कार्यमा संलग्नलाई कारवाही गरी प्रहरी सेवालाई मर्यादित बनाउन वाग्मती प्रदेश प्रहरीले विशेष अभियानको रुपमा सञ्चालन गरिरहेको छ । वाग्मती प्रदेश प्रहरी कार्यालयअन्तर्गत कार्यालयमा कार्यरत प्रहरी कर्मचारीबाट नागरिक केन्द्रित, स्तरीय, प्रभावकारी र पारदर्शी सेवा प्रवाह गराउने उद्देश्यले प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाबाट विशेष कार्ययोजना बनाइ मातहत प्रहरी कर्मचारीबाट सम्पादन भैरहेको कार्यलाई अनुगमन र मूल्याङ्कन गर्न सिनियर प्रहरी अधिकृतको कमाण्डमा टास्क फोर्स गठन गरिएको छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top