×

NEPAL TIMES UPDATES

Playing
देउवाका चार सारथिको मोर्चाबन्दी गगनलाई हुनसक्छ भारी || Nepal Times
May 16, 2026
Playing
साउदीमा १३० नेपाली श्रमिकको मृ त्यु, ५४४ जना जेलमा || Nepal Times
May 16, 2026
Playing
Watch Top15 News Of The Day in 7 Minutes || Nepal Times
May 16, 2026
Playing
गगन सिंगो पार्टीको सभापति बन्न सकेनन् || Nepal Times
May 16, 2026
Playing
ट्रम्पपछि लगत्तै पुटिन चीन जाने, एकपछि अर्का शक्तिशाली नेता बेइजिंग पुग्दै || Nepal Times
May 16, 2026
Playing
बालेनको नाम लिएर धाकधम्की दिने व्यक्तिबारे खबर गर्न अपिल || Nepal Times
May 16, 2026
Playing
तीन वर्षपछि कुशलले बनाए शतक|| Nepal Times
May 16, 2026
Playing
विनाशबाट उठेर पुनर्निर्माण र सम्भावनाको प्रतीक बन्यो ‘बारपाक’|| Nepal Times
May 16, 2026
Playing
जापानमा ६.७ म्याग्नीच्यूडको भूकम्प, इरानी दाबीमा युएईको खण्डन|| Nepal Times
May 16, 2026
Playing
जेनजी आन्दो लन दमन गर्नेमाथि कारबाही गर्ने बाटो कहिले खुल्छ ? || Nepal Times
May 16, 2026

प्रचण्डको व्यंग्य : जनयुद्धको नाम सुन्‍नै नचाहने ओलीले अहिले कालीबहादुर खाम खोई अरे

९ माघ, काठमाडौं ।
नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री बनेको यतिका वर्षसम्म ओलीले घाइते र योद्धाका समस्याको सुनुवाइ नगरेको गुनासो गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल–नेपाल समूहले शुक्रबार काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै दाहालले गुनासो गरेका हुन् ।

उनले भने, ‘घाइते अपाङ्गहरु माइतीघर मण्डलामा अनशन बस्दा अनेक गरेर, ऋण सापट खोजेर मैले बेलाबेलामा राहत दिएँ । सरकारलाई मैले पटक–पटक यी घाइते अपाङ्गको उपचार हुनुर्पयो भनें । पहिला खाईपाई आएको मासिक भत्ता पनि खोसिदिएछ यो सरकारले त झन् ।’

Advertisement
Advertisement

उनले कटाक्ष गर्दै भने– फट्याइँ गर्न पनि कति सकेको क्या । जालझेल गर्न पनि कस्तो दिमाग हो !’ विशेष गरी जनयुद्धका योद्धाहरुलाई प्रचण्डले बेवास्ता गरेको केपी ओलीले आरोप लगाउँदै आएका थिए, यसैको जवाफमा प्रचण्डले ओलीलाई ‘फटाहा’ को संज्ञा दिएका हुन् ।

केपी ओलीले सुरुदेखि नै जनयुद्धलाई विरोध गर्दै आएको बताउँदै प्रचण्डले भने, ‘जनयुद्ध भनेपछि सुन्न पनि नचाहने एक नम्बर मान्छे उहाँ हुनुहुन्थ्यो पहिला । पछि शान्ति सम्झौता भएपछि त अलिकति मान्नुहोला कि भन्ने ठानेको त जनयुद्धका शहीदलाई सम्मान गर्ने कार्यक्रममा उहाँ एकचोटि पनि जानुभएन । मैले त्यसलाई खुब नोट गरेको थिएँ ।’

प्रचण्डले अगाडि भने, ‘गृहप्रशासन पनि केपीले जे भन्यो त्यही मान्ने छ । मैले धेरैचोटि भन्दा कहीँ कतै टेरपुच्छर लाइएन । उल्टो मासिक भत्ता खोसियो । घाइतेहरुको उपचार गर्ने कुरालाई पूरै बेवास्ता गरियो ।’

Advertisement

तर, अहिले प्रचण्डले घाइते योद्धाहरुलाई नहेरेको भन्दै ओलीले फट्याइँ गरेको प्रचण्डको आरोप छ । उनले ओलीमाथि कटाक्ष गर्दै भने, ‘अहिले पार्टी विभाजन गरेपछि र आफू अल्पमतमा परेपछि मैले कहिलेकाहीँ सुन्छु, यी घाइते अपाङ्गलाई हेर्नुपर्दैन ? भन्ने यही केपी ओली । फट्याइँ गर्न पनि कति सकेको क्या ! जालझेल गर्न पनि कस्तो दिमाग हो ?’

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top