पचास करोड रुपियाँ बराबरको वैदेशिक रोजगार बचतपत्र बिक्री खुला

काठमाडौँ : वैदेशिक रोजगारीमा रहेका तथा रोजगारीबाट स्वदेश फर्किएका नेपाली नागरिकलाई लक्षित गरेर नेपाल राष्ट्र बैङ्कले ५० करोड रुपियाँ बराबरको वैदेशिक रोजगार बचतपत्र बिक्री खुला गरेको छ । वैदेशिक रोजगारीमा रहेका र रोजगारीबाट स्वदेश फर्किएका नेपाली नागरिकलाई लक्षित गरेर राष्ट्र बैङ्कले शुक्रबारदेखि ‘वैदेशिक रोजगार बचतपत्र २०८२ ‘ख’’को बिक्री खुला गरेको हो । राष्ट्र बैङ्कका अनुसार बचतपत्र खरिदका लागि आगामी फागुुन २ गतेसम्म आवेदन दिन सकिने राष्ट्र बैङ्कले जनाएको छ ।

निष्काशन मिति आगामी फागुुन ८ गते तोकिएको बचतपत्रको सावाँ भुक्तानी मिति भने २०८२ फागुन ८ गते तोकिएको छ । वार्षिक १० प्रतिशत ब्याजदर तोकिएको र ब्याजकर लाग्ने बचतपत्रको ब्याज भुक्तानी अर्धवार्षिक रूपमा हुुने राष्ट्र बैङ्कले जनाएको छ ।

घटीमा १० हजार रुपियाँ र बढीमा १० हजारले भाग गर्दा निःशेष भाग जाने गरी आह्वान गरिएको रकमसम्म खरिदको सीमा तोकिएको बचतपत्र धितो राखेर बैङ्क तथा वित्तीय संस्थाबाट कर्जासमेत लिन सकिनेछ । मुलुकबाहिर रोजगारीमा संलग्न वा मुलुकबाहिरको रोजगारीबाट फर्केको चार महिना नपुगेका नेपाली नागरिक वा गैरआवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्य (बुवा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरी)को नाममा खरिद गर्न सक्ने राष्ट्र बैङ्कले जनाएको छ ।

Advertisement

इच्छुक खरिदकर्ताले आफूलाई पायक पर्ने वाणिज्य बैङ्कहरू, बजार निर्माताको इजाजतपत्र लिएका बैङ्क तथा वित्तीय संस्थाहरू र काठमाडौँ उपत्यका बाहिरका नेपाल राष्ट्र बैङ्कका कार्यालयबाट ब्याज भुक्तानी लिन सकिने व्यवस्था पनि गरिएको छ । यो बचतपत्र खरिदका लागि नबिल बैङ्क, सेञ्चुरी कमर्सियल बैङ्क, प्रभुु बैङ्क, सिटी एक्सप्रेस, प्रभुु मनी ट्रान्सफरसहितका ११ वटा संस्था तोकिएको छ । बचतपत्र खरिदका लागि रकम बुझाएकै मितिदेखि निष्कासन मितिभन्दा अघिल्लो दिनसम्मको खण्डित अवधिको ब्याज रकम तोकिएको ब्याजदरमा भुक्तानी दिइने राष्ट्र बैङ्कले जनाएको छ ।

कामदारले आवेदन दिँदा राहदानी, कार्यरत मुलुकको भिसा (भारतबाहेक अन्य मुलुकमा कार्यरत कामदारका लागि मात्र), कार्यरत कम्पनीको आधिकारिक परिचयपत्र (म्याद ननाघेको)को प्रतिलिपि, दुुई प्रति पासपोर्ट साइजको फोटो, विदेशी मुद्रा नेपालमा भित्रिएको प्रमाणस्वरूप विदेशी मुद्रा सटही रसिद वा नेपालमा विदेशी मुद्रामा खाता रहेको भए सो खाताबाट विदेशी मुद्रा सटही गरेको भौचर पेस गर्नुपर्ने हुन्छ । साथै परिवारका सदस्यको नाममा खरिद गर्ने भए सो सदस्यको नागरिकताको प्रतिलिपि र नाता प्रमाणित कागजात र नाबालकको नाममा संरक्षक भई खरिद गर्ने भएमा नाबालकको जन्मदर्ता प्रमाणपत्र पेस गनुपर्ने हुन्छ ।, याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top