नेकपाकै झगडाका कारण वैशाखमा चुनाव हुन सक्दैनः शशांक कोइराला

१० माघ ७७, शनिबार
Share this
785shares

१० माघ, कञ्चनपुर।
नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले वैशाखमा निर्वाचनको सम्भावना नरहेको बताएका छन् ।

Advertisement

मुलुकमा राजनीतिक अवस्था अस्थिर हुँदै गएकाले वैशाखमा चुनाव नहुने उनले आशंका ब्यक्त गरेका छन् ।
कञ्चनपुरको महेन्द्रनगरमा आज आयोजित पत्रकार सम्मेलनमा उनले कम्युनिष्ट पार्टी फुटी नसकेको र निर्वाचन आयोगले दिने चुनाव चिन्हलगायतका कारणले निर्वाचन हुने सम्भावना नरहेकोे धारणा राखे ।

डा. कोइरालाले कांग्रेसको पहिलो प्राथमिकता प्रतिनिधि सभा पुनःस्थापना हुनुपर्ने बताए । उनले पार्टी महाधिवेशनका लागि क्रियाशिल सदस्यताको नामावली सङ्कलन गर्न नसक्नु र अहिलेको राजनीतिक परिस्थितीले गर्दा समयमा हुन नसकेको उल्लेख गरे ।

Advertisement

समयमा निर्वाचन गराउन नसक्नु पार्टीको कमजोरी रहेको उनको भनाइ थियो । मातृशोकमा रहेका नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूलाई भेट्न महामन्त्री डा. कोइरालासहितका केन्द्रीय नेताहरुको टोली कञ्चनपुर पुगेको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top