डेडिकेटेड र ट्रङ्क लाइनको महसुल उठाउन ध्यानाकर्षण

११ माघ ७७, सोमबार

१२ माघ, काठमाडौं ।

नेपाल विद्युत् प्राधिकरणमा क्रियाशिल विभिन्न तीन कर्मचारी सङ्गठनले डेडिकेटेड र ट्रङ्क लाइनको महसुल उठाउन नेतृत्वको ध्यानाकर्षण गराएका छन् । प्राधिकरणका कामय मुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई आइतबार एक ध्यानाकर्षण पत्र बुझाउँदै उनीहरुले विद्युत् भार कटौतीको समयमा डेडिकेटेड र ट्रङ्क लाइनमार्फत जोडिएका विद्युत् लाइनको महसुल हालसम्म पनि नउठेकामा ध्यानाकर्षण गराएका हुन् ।

प्राधिकरण सञ्चालक समितिको २०७५ वैशाख ३१ गतेको बैठकले सञ्चाालक समिति सदस्य भक्तबहादुर पुनको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । समितिले २०७६ असोज १६ गते प्रतिवेदन बुझाएको थियो । यस्तै, प्राधिकरण सञ्चालक समितिको २०७६ कात्तिक १६ गते बसेको बैठकले डेडिकेटेड र ट्रङ्क लाइनको महसुल उठाउने निर्णय गरेको थियो ।

Advertisement

निर्णय भएको लामो समय भइसक्दा महसुल उठन नसकेको भन्दै प्राधिकरणका क्रियाशिल आधिकारीक टे«ड युनियन नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन, कर्मचारी सङ्घ र कर्मचारी कल्याण परिषद्ले आज ध्यानाकर्षण गराएको हो । विद्युत्भार कटौतीको समयमा औद्योगिक, व्यापारिक तथा गैरव्यापारिक वर्गका उद्योग प्रतिष्ठानले डेडिकेटेड र ट्रङ्क लाइनबाट बिजुली लिएका थिए । त्यसरी लिएको बिजुलीको महसुल मात्रै झण्डै रु ११ अर्ब बराबर रहेको छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top