नेपाल विकासशील मुलुकमा स्तरोन्नति भएपछि बाह्य अनुदान कटौती हुनसक्ने

१२ माघ ७७, सोमबार
Share this
705shares

१२ माघ, काठमाडौँ।

Advertisement

राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिमा नेपाललाई अति कम विकसित मुलुकको सूचिबाट स्तरोन्नति गर्दा अर्थतन्त्रमा पर्न सक्ने प्रभावका सम्बन्धमा छलफल भएको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकमा अर्थविद्हरूले नेपाललाई अति कम विकसित मुलुकको सूचिबाट स्तरोन्नति गर्दा हुने फाइदा र बेफाइदाका विषयमा विचार व्यक्त गरे ।

Advertisement

बैठकमा अर्थविद् विश्व पौडेलले दिगो विकासको लक्ष्य पूरा नभइसकेको अवस्थामा अति कम विकसित मुलुकबाट स्तरोन्नति गरिँदा नेपालले पाइरहेको सहुलियत कर्जा र अनुदान कटौती हुन सक्ने बताए ।

बैठकमा समितिका सांसदहरुले अब मुलुक समृद्ध भइसकेको हो ? नेपालीहरूको कुल प्रतिव्यक्ति आयमा वृद्धि भयो कि भएन ? के सबै नेपाली आर्थिक रुपमा सबल भइसके ? भन्ने प्रश्न गरेका थिए ।

Advertisement

समितिका सभापति तारादेवी भट्टले नेपालको आर्थिक वृद्धिको तथ्याङ्कका सम्बन्धमा तथ्याङ्क विभाग, अर्थ मन्त्रालय र योजना आयोगसँग पनि छलफल गरिने जानकारी दिए ।

नेपालले सन् २०२२ सम्ममा अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने लक्ष्य लिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top