१३ माघ, विराटनगर ।
प्रहरी चौकी डुम्राहाको नवनिर्मित कार्यालय भवन, आवास गृह तथा भान्सा घरको उद्घाटन भएको छ । १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर बाबु कार्कीले बिधिवत रुपमा भवनको उद्घाटन गरेका हुन् ।
प्रहरी चौकी डुम्राहाको २ तले सुबिधा सम्पन्न भवन यूअनओपिएसको सहयोगमा २ करोडको लागतमा निर्माण सम्पन्न भएको हो । भवन समुद्घटान समारोहलाई सम्बोधन गर्दै कार्कीले भवन आफैमा सबै चिज नभएको प्रस्ट पार्दै नयाँ भवन संगसंगै कार्यरत प्रहरी कर्मचारीहरुमा नयाँ सोच र धारणा आउनु पर्ने तथा रुपान्तरण हुनु पर्ने बताए ।
साथै सोही कार्यक्रमको अवसरमा प्रमुख अतिथि रहेका कार्कीले प्रहरी चौकीलाई निःशुल्क जग्गा उपलब्ध गराउनु हुने जग्गादाता तथा भवन निर्माण कार्यमा उल्लेखनीय भुमिका निर्वाह गर्ने ब्यक्तित्वहरुलाई दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गरेका थिए ।