‘प्रदेश नं १ सरकारविरुद्धको प्रस्ताव पारित हुन्छ’

१४ माघ ७७, बिहीबार

१५ माघ, मोरङ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका प्रदेश नं १ इञ्चार्ज भीम आचार्यले प्रदेशसभामा पेश भएको मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव पारित हुने बताएका छन् । समूहद्वारा बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले प्रदेश सरकार अल्पमतमा परिसकेको हुनाले अविश्वास पारित हुने दाबी गरे । इञ्चार्ज आचार्यले संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेता तथा प्रदेश सदस्यसँग छलफल भइरहेको जानकारी दिए ।

अविश्वास प्रस्ताव पारित भएपछि नयाँ सरकार गठनबारे छलफल अघि बढ्ने चर्चा गर्दै उनले ‘अहिले सम्पूर्ण ध्यान अविश्वास प्रस्ताव पारित गर्नेमा केन्द्रित रहेको छ’ भने । नेता आचार्यले सर्वोच्च अदालतले संसद् पुनःस्थापनाको निर्णय गर्ने विश्वास व्यक्त गरे । उनले यही माघ १६ गते विराटनगरमा आयोजना गरिन लागिएको विरोधसभा भव्य हुने बताए । विरोधसभामा ६० हजारभन्दा बढी जनसहभागिता रहने दाबी पूर्वमन्त्री आचार्यले गरे । विरोधसभामा नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले सम्बोधन गर्नेछन् ।

Advertisement

‘विधिको शासन हुनुपर्छ’

लोकतन्त्रमा व्यक्ति ठूलो नभई विधिको शासनको अनुशरण हुनुपर्ने  यहाँ आयोजित अन्तक्रियाका वक्ताले बताएका छन् । प्रबुद्ध नागरिक समाज विराटनगरद्वारा जनआन्दोलन चोकमा आयोजित खुला पत्रकार सम्मेलन एवं अन्तक्रियामा उनीहरुले जनताको अभिमत स्वीकार गरी संसद् पुनःस्थापना गर्नुपर्नेमा जोड दिए ।

Advertisement

समाजका संयोजक प्रा.कृष्ण पोखरेलले विघटनबाट लिकबाट हटेको संसदीय व्यवस्थालाई ठीक ठाउँमा ल्याउन सडक आन्दोलन आजको आवश्यकता भएको बताए । अधिवक्ता मेदिनी सेढाईं, अर्थशास्त्री प्रा डा प्रमोदकुमार झा र नेपाल पत्रकार महासङ्घ मोरङ अध्यक्ष बन्धु पोखरेलले संसद् विघटन कार्यलाई सच्चाउनका लागि नागरिक समाज सडकमा उत्रन बाध्य भएको विचार राखे । समाजले सडक आन्दोलनलाई अझ सशक्त ढङ्गले परिचालन गर्न प्राध्यापक, बुद्धिजीवी अधिवक्ता मानव अधिकारकर्मी र सञ्चारकर्मी रहेको ११० सदस्यीय समिति गठन गरेको छ ।रासस

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top