१५ माघ, विराटनगर ।
मोरङको सुन्दरहरैचा नगरपालिका–९ का ३५ बर्षीय ईलिहास मंसुरीको करेन्ट लागेर मृत्यु भएको छ ।
बुधवार दिउँसो बेलवारीमा रहेको चिनारी स्कुलमा ग्रिलको गेट बनाउने क्रममा अचानक करेन्ट लागेर घाईते भएका मंसुरीलाई उपचारका लागि विराटनगरको विराट नर्सिङहोममा पुर्याइएको थियो ।
उपचारको क्रममा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । घटना सम्बन्धमा प्रहरी थप अनुसन्धान गरिरहेको छ ।