दक्षिण चीन सागरमा चिनियाँ दाबी अस्वीकार गर्छौः अमेरिका

१४ माघ ७७, बिहीबार

१५ माघ, एजेन्सी ।

अमेरिकाका नयाँ विदेशमन्त्री एन्टोनी ब्लिन्कनले दक्षिण चीन सागरमा चिनियाँ दाबीलाई अमेरिकाले अस्वीकार गर्ने बताएका छन्।

उनले उक्त क्षेत्रमा युद्ध अथवा आक्रमण भएमा अमेरिकाले फिलिपिन्सलाई साथ दिने पनि प्रतिवद्धता जनाएका छन्।
उनले भनेका छन्,‘खुला इन्डो–प्रशान्त क्षेत्रको लागि अमेरिका र फिलिपिन्सको सम्बन्ध महत्वपूर्ण हुनेछ।’

Advertisement

ब्लिन्कनले फिलिपिन्सका विदेशमन्त्री तियोदोरो लोकसिनसँग टेलिफोनवार्तामा आपसी रक्षा सन्धि हुनुपर्नेमा पनि जोड दिएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

ट्रम्प सत्तामा हुँदा अमेरिका र चीनबीच विभिन्न विषयमा विवाद भएका थिए। त्योमध्ये एउटा थियो दक्षिण चीन सागरको विषय। बाइडेन राष्ट्रपति बनेपछि सम्बन्ध सुमधुर हुने अनुमानका बिच अमेरिका फेरि चीनप्रति आक्रामक देखिएको हो।

Advertisement

चीनले दक्षिण चीन सागर आफ्नो भएको दाबी गर्दछ। चीनले दाबी गर्ने यस सागरबाट वर्षेनी खरबौं डलरको कारोबार हुने गर्दछ। यो जल व्यापारको प्रमुख मार्ग हो।

चीनले यस विवादित जलक्षेत्रमा कृत्रिम टापुको निर्माण गरेर सेना तथा हतियारहरु तैनाथ गरेको छ। तर दक्षिण चीन सागर आफ्नो भएको दाबी गर्ने अन्य मुलुकहरुले चीनको यस कार्यको विरोध गरेका छन्।

ब्रुनाइ, मलेसिया, फिलिपिन्स, ताइवान तथा भियतनामले पनि यस सागर आफ्नो भएको दाबी गर्दछन्। अमेरिकाले आफ्ना सहयोगी राष्ट्रको सुरक्षाको लागि भन्दै यस विवादित जल क्षेत्रमा सैन्य अभ्यास गर्दै आएको छ।

चीनले अमेरिका यस क्षेत्रको दाबीकर्ता नभएको र उसले यस क्षेत्रमा सैन्य अभ्यास गर्नु अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको बताउँदै आएको छ। तर दाबीकर्ता राष्ट्रले अमेरिकाको उपस्थितीलाई स्वागत गरेको अवस्था छ।

अन्तर्राष्ट्रिय अदालतले पनि सन् २०१६ मा दक्षिण चीन सागरलाई चीनले दाबी गर्नु अवैधानिक र आधारहीन कार्य भएको बताएको थियो।

दक्षिण चीन सागरलाई दाबी गर्ने चीनबाहेकका राष्ट्रहरु साथै अमेरिका, जापान, अस्ट्रेलियाले चीनले अन्तर्राष्ट्रिय अदालतको फैसला मान्नुपर्ने बताएका छन्।

चीनले भने दक्षिण चीन सागरको विषय आन्तरिक मामिला भएकाले यस विषयमा हस्तक्षेप नगर्न अमेरिकालाई चेतावनी दिँदै आएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top