प्रचण्ड–माधव समूहको आज पनि माइतीघरमा धर्ना (फाेटाे फिचरसहित)

१५ माघ, काठमाडाैँ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले बिहीबार पनि माइतीघर मण्डलामा संसद विघटनको विरोधमा धर्ना दिएको छ । नेकपा प्रचण्ड–माधव समूहले संसद विघटनको विरोधमा प्रत्येक दिन दुई घण्टा काठमाडौंको माइतीघरमा धर्ना दिने कार्यक्रम तय गरे अनुसार बुधबार दोस्रो दिन पनि धर्ना दिएको हो ।

संविधान, संघीयता, गणतन्त्र र जनमतको रक्षाका लागि धर्ना कार्यक्रमको आयोजना गरिएको प्रचण्ड–माधव समूहले बताएको छ । धर्नामा सहभागी नेताहरुले धर्ना कार्यक्रम सांकेतिक आन्दोलन भएको बताएका छन् । सात दशक लगाएर दशौं हजारको वलिदानबाट निर्मित संविधानलाई उलङ्घन गर्ने, कू गर्ने काम भएकोले त्यसको विरोधमा धर्ना बसेको सहभागि नेताहरुले बताएका छन् । संविधान, लोकतन्त्र, संघीयता, गणतन्त्र, समावेसिता र धर्म निरपेक्षताको रक्षाको निम्ति आन्दोलन गरेको धर्नामा सहभागिहरुले बताएका छन् ।


धर्नामा सहभागिहरुले ‘संसद विघटन गर्न पाइदैन, निरंकुशतन्त्र चाहिंदैन’, ‘संविधानको रक्षा गरौं, राष्ट्रियताको रक्षा गरौं’, ‘प्रतिनिधि सभाको असंवैधानिक विघटन खारेज गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका थिए । धर्नामा विघटित प्रतिनिधि सभाका सांसदहरु, प्रदेशसभा सदस्यहरु, संविधान सभाका सभासदहरु लगायतको उपस्थिति रहेको थियो । धर्ना कार्यक्रम माघ २१ गते सम्म चल्ने बताइएको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top