कर्णाली प्रदेशः राष्ट्रपति रनिङ शिल्ड सुर्खेतलाई

सुर्खेत, जेठ २२
यही जेठ १९–२१ गतेसम्म प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा सञ्चालित कर्णाली प्रदेशस्तरीय १० औँ राष्ट्रपति रनिङ शिल्ड सुर्खेतले हात पारेको छ ।

उक्त रनिङ शिल्डमा जुम्ला दोस्रो र सल्यान तेस्रो भएका छन् । भलिबलमा पुरुषमा भने सल्यान जिल्ला प्रथम भएको छ । उक्त खेलमा रुकुम दोस्रो र सुर्खेतले तेस्रो स्थान हात पारेको कर्णाली प्रदेश खेलकुद प्रतियोगिता आयोजक समितिका संयोजक शान्ति सिंहले जानकारी दिर्इन् ।

त्यसैगरी, महिला भलिबलमा सल्यान प्रथम, द्वितीय कालीकोट र तृतीय जुम्ला भएको संयोजकले बताए। भलिबल, कबडी, एथ्लेटिक्स, तेक्वान्दो, कराँते र उसु खेल समावेश गरिएको रनिङ शिल्डमा सबै खेल विधाको कूल अंकलाई जोड्दा सुर्खेत प्रथम आएको संयोजक सिंहले जानकारी दिर्इन् ।

खेलमा प्रथम, द्वितीय र तृतीय आउने जिल्लालाई क्रमशः रु २० हजार, रु १५ हजार रु १० हजार नगद पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो । रनिङ शिल्डमा उत्कृष्ट खेल देखाउने विभिन्न खेल विधाबाट ८४ खेलाडीलाई यही जेठ २३–२५ सम्म काठमाडौँमा सञ्चालन हुने राष्ट्रिय खेलका लागि छनोट गरिएको प्रतियोगिता सञ्चालन समितिका सदस्य अर्जुनजंग शाहीले बताए।

उनका अनुसार खेलमा भाग लिएका कर्णाली प्रदेशका १० जिल्लाका ८४० जना खेलाडीले ३०४ पदकमा प्रतिष्पर्धा गरेका थिए ।
रासस

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top