दल दर्ता अघि बढाउन ओली समूहको निर्वाचन आयोगलाई आग्रह

१६ माघ, काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केपी शर्मा ओली पक्षले दल दर्ताको प्रक्रिया अगाडी बढाउन निर्वाचन आयोगलाई आग्रह गरेको छ । शुक्रबार निर्वाचन आयोगले बोलाएको छलफलमा सहभागी हुँदै नेकपाका नेता सुवासचन्द्र नेम्वाङले निर्वाचन गर्नुको विकल्प नभएको भन्दै तदारुकताका साथ दल दर्ताको काम अघि बढाउन निर्वाचन आयोगलाई आग्रह गरिएको बताए ।

उनले निर्वाचन आयोगले ढिलो नगरी काम अगाडी बढाउनुपर्ने भन्दै निर्वाचनको काममा आफुहरुको सहयोग र समर्थन रहने पनि बताए । निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सुचना प्रकाशन र आयोगले निर्वाचन तयारीको सम्बन्धमा हालसम्म गरेका कामको विषयमा छलफल गर्न भनि शुक्रबार नेकपाको दुवै पक्षलाई बोलाएको थियो ।

ओली पक्षको तर्फबाट नेकपा नेता सुवासचन्द्र नेम्वाङ र मन्त्रीद्धय बिष्णुप्रसाद पौडेल र कृष्णगोपाल श्रेष्ठ उपस्थित भएका थिए । आयोगसँगको छलफल पछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता नेम्वाङले निर्वाचन तोकिएकै मितिमा हुनुपर्ने कुरा निर्वाचन आयोगमा राखिएको जानकारी दिए । आयोगले निर्वाचनसम्बन्धी तयारी गर्न ढिला गर्नु नहुने उनको भनाई छ । नेम्वाङले नेकपा आधिकारिकताको विवाद निर्वाचन आयोगले टुङ्ग्याइसकेको पनि बताए ।

Advertisement

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षले भने छलफलमा अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल उपस्थित हुन चाहेपनि उपत्यकाबाहिर भएका कारण उपस्थित हुन नसकेकोले माघ १८ गतेपछि छलफल राख्न औपचारिक पत्र पठाएको थियो । नेताहरु राजेन्द्र पाण्डे, लिलामणि पोखरेल र मुक्ति प्रधान आयोग पुगरे पत्र बुझाएका थिए ।

सञ्चारकर्मीमाझ प्रतिक्रिया दिदैँ नेता राजेन्द्र पाण्डेले अध्यक्षद्धयको सहभागिता हुन नसकेका कारण पछि छलफल राख्न आग्रह गरिएको बताए । नेकपा आधिकारिकताको सम्बन्धमा विवाद भइरहेको बेला विवाद निरुपण नगरी दल दर्ताको सूचना निकाल्नु नहुने उनको भनाई छ । आयोगले निर्वाचन गराउने उद्देश्य नराखेको उनको भनाई छ । निर्वाचन आयोगले निधारमा कालो धब्बा लगाउने प्रकारको काम गरेको उनले टिप्पणी गरे ।

निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौड्यालले नेकपाको दुवै पक्षले निर्वाचन आयोगसमक्ष आधिकारिकताको निम्ति दाबी पेश नगरेको बताए । आयोगले निर्वाचनको तयारी गरिरहेको उनको भनाई छ ।

निर्वाचन आयुक्त पौड्यालले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को आधिकारिकता बारे निर्वाचन आयोगले कुनैपनि निर्णय नगरेको पनि बताए ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top