ईयूले आफ्ना सदस्य देशहरुमा बनेका कोरोना खोप अन्य देशमा निर्यात गर्न प्रतिबन्ध लगाउने

१७ माघ ७७, शनिबार
Share this
764shares

१७ माघ, एजेन्सी । युरोपेली सङ्घ (ईयू)ले आफ्ना सदस्य देशहरुमा बनेका कोरोना भाइरस विरुद्धको खोप अन्य देशमा निर्यात गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

Advertisement

ईयूसँगको सम्झौता अनुकूल काम नभएमा उत्पादित नयाँ खोपको निर्यातमा अस्थायी रुपमा रोक लगाउने ईयूले जनाएको छ । ईयूले ९२ थरीलाई निर्यात प्रतिबन्ध नलगाउने निर्णय गरेको छ ।

तीमध्ये कोभ्याक्सका लागि खोप दान दिने, गरिब देशका लागि विश्वव्यापी खोप सहयोग योजना, स्विट्जरल्यान्ड, नर्बे र उत्तर अफ्रिकाका देशहरु रहेका छन् । भूमध्यसागरीय देशहरू लेबनन र इजरायल पनि प्रतिबन्धमा नपरेका बीबीसीले जनाएको छ । तर यो निर्णयबाट बेलायत, क्यानडा, अमेरिका अष्ट्रेलियालगायतका एक सय बढी देश भने प्रभावित हुनसक्ने बीबीसीले जनाएको छ ।

Advertisement

खोप वितरणको विषयलाई लिएर ईयू खोप उत्पादक एस्ट्राजेनेकासँग सार्वजनिक रूपमै विवादमा परेको तथा अनि खोप वितरणको सुस्त गतिका कारण सङ्घ माथि बढ्दो दबाब बढेसँगै ईयूले यस्तो निर्णय गरेको बीबीसीको खबरमा उल्लेख छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top