×

NEPAL TIMES UPDATES

Playing
Drone आ क्र मणले दुबई एयरपोर्ट बन्द, कुवेतका नेपालीले साउदी हुँदै फर्किनु पर्ने || Nepal Times
Mar 16, 2026
Playing
‘होर्मुज स्ट्रेट’मा यु*द्धपोत पठाउन ट्रम्पको अपिलमा Chinaले के भन्यो ?|| Nepal Times
Mar 16, 2026
Playing
जेनजी आन्दो लनको बुझाइः मूल कारण, वास्तविकताको प्रतिवेदन सार्वजनिक|| Nepal Times
Mar 16, 2026
Playing
रविविरुद्धको मु द्दा फिर्ताबारे आजआदेश आउने|| Nepal Times
Mar 16, 2026
Playing
पेट्रोल–डिजेलमा भारी मूल्य वृद्धि, प्रतिलिटर कति पुग्यो ?|| Nepal Times
Mar 16, 2026
Playing
प्रधानमन्त्री सुशीलाले जेजे मागिन् त्यही पुग्यो, नपुग्दो केही छैन्|| Nepal Times
Mar 16, 2026
Playing
रास्वपाको एक सिट थपिने संभावना तत्काललाई टर्याे|| Nepal Times
Mar 15, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-01-2082 || Nepal Times
Mar 15, 2026
Playing
रविमाथिको मुद्दा अभियोगपत्र फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’ मा|| Nepal Times
Mar 15, 2026
Playing
Iran war 10 Updates,इरानको टापु ध्व स्त, नेतन्याहुलाई खोजेर मा र्ने || Nepal Times
Mar 15, 2026

वाग्मतीमा फोहर फाल्ने तीन कम्पनी कारवाहीमा

१७ माघ २०७७
Warning: Trying to access array offset on null in /var/www/html/wp-content/plugins/elementor/includes/widgets/video.php on line 1203

१७ माघ, काठमाडौँ।

वाग्मती सफाइ महाअभियानको ४०३औँ हप्तामा नदी किनारमा फोहर फाल्ने तीन कम्पनीलाई कारवाही गरिएको छ । तीनकुनेस्थित नदी किनारमा सफाइका क्रममा काठमाडौँ महानगरपालिकाले नदी किनारमा फोहर फालेका गरिमा वर्कशप तीनकुनेलाई रु दुई हजार, विनोद पानपसल आलोकनगरलाई रु एक हजार र बानेश्वर क्याफे आलोकनगरलाई रु ५०० जरिवाना गरिएको अभियानकर्मी गोविन्द काफ्लले राससलाई जानकारी दिए। गरिमा वर्कशपलाई यसअघि पनि नदी किनारमा फोहर नफाली तोकिएको स्थानमामात्र व्यवस्थापन गर्न काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभागले चेतावनी दिएको थियो ।

जरिवाना गरिएको शुल्क महानगरपालिकाकै कोषमा जम्मा हुने गरेको छ । ४०३ औँ हप्ताको सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, विश्व शान्ति विहार मीनभवन, पहिलो पाइला, नेपाल आमा, आलोकनगर महिला समूहलगायतका गरी १०० जनाभन्दा बढी अभियानकर्मीको सक्रियता थियो । सफाइमा अभिनेत्री नीता ढुङ्गाना पनि सहभागी हुनुभएको थियो । सफाइबाट १० मेट्रिकटन फोहर व्यवस्थापन गरिएको पनि उनले बताए।

उत्तरी चक्रपथ सफाइ २०० औँ हप्तामा
उत्तरतर्फको चक्रपथ सफाइ अभिायन २००औँ हप्तामा प्रवेश गरेको छ । अभियानले २०० औँ हप्ता प्रवेशका अवसरमा आज विशेष कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ, जनप्रतिनिधि, कलाकारको उपस्थितिमा विशेष कार्यक्रम गरिएको हो । सो कार्यक्रमलाई सम्बोधन गर्दै उनीहरुले सफाइ अभियानलाई जागरणका रुपमा टोल टोलमा बिस्तार गरिनुपर्नेमा जोड दिए।

कार्यक्रममा गायक बद्री पङ्गेनी र तिलक बस्नेत एवं गायिका मञ्जु पौडेल र कल्पना दाहालले गीतसमेत गाउनुभएको अभियानकर्मी शोभाकान्त पाण्डेले बताए । सो अवसरमा चक्रपथ क्षेत्रमा सफाइसमेत गरिएको थियो । विगत २०० हप्तादेखि चक्रपथ सफाइ अभियान निरन्तर हुँदै आएको छ ।

गोदावरी खोला सफाइ १००औँ हप्तामा

ललितपुरस्थित गोदावरी नदी सफाइ अभियानको १००औँ हप्तामा विशेष कार्यक्रम आयोजना गरिएको छ । महालक्ष्मी नगरपालिका वडा नं ६ र ८ जोड्ने विष्णुडोल पुल क्षेत्रमा आयोजना गरिएको कार्यक्रममा नगर प्रमुख रामेश्वर श्रेष्ठले खोलाको विस्तृत परियोजना प्रस्ताव तयार गरी स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेश गरिएको जानकारी दिए।

प्रस्ताव स्वीकृत भएपछि तीनै तहका सरकारकाबीच समन्वय गरी नदीलाई सफा बनाउन थप सहयोग मिल्ने बताउनुभयो । अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिनाले गोदावरी खोला क्षेत्रका नगरपालिकासँग समन्वय गरी स्वच्छ राख्ने अभियानमा काम गर्ने प्रतिबद्धता जनाए। १०० हप्ताको विशेष कार्यक्रमम सहभागी भएका सफाइ अभियानकर्मीले त्यस क्षेत्रमा सफाइ गरी १० मेट्रिकटन फोहर व्यवस्थापन गरेको अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिए । विगत १०० हप्ताअघिदेखि महिला र बालबालिकाको विशेष पहलमा गोदावरी खोला सफाइ हुँदै आएको छ । सफाइको नेतृत्व बेबी राजभण्डारीले गरिरहेका छन् ।

विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएपछि यसका सहायक नदी पनि सफाइ हुन थालेको हो । सहायक नदीसँगै उपत्यकामा चक्रपथका विभिन्न स्थान, सांस्कृतिक सम्पदालगायत स्थानमा पनि साप्ताहिक रुपमा सफाइ भइरहेको छ ।

उपत्यक बाहिर पनि प्रमुख शहर र नदी गरी १०६ भन्दाबढी स्थानमा सफाइ भइरहेको छ । वाग्मती सफाइ महाअभियानबाट आशातीतरुपमा नदी सफा नदेखिए पनि देशभर सफाइ जागरण फैल्याउन सफल भएको छ ।

यसैबीच आज गुह्येश्वरीमाथिको वाग्मती, रुद्रमती, विष्णुमतीका विभिन्न स्थान, मनोहरा, हनुमन्तेलगायत स्थानमा पनि सफाइ गरिएको छ । उपत्यकाको सभ्यताको स्रोत वाग्मती सफाइ महाअभियान शुरु भएपछि देशभर जागरण फैलिए पनि स्थानीय सरकारको बेवास्ताले संस्थागतस्वरुप ग्रहण गर्न नसकेको अभियानकर्मीको गुनासो छ । नदी किनार, सांस्कृतिक सम्पदालगायत सार्वजनिकस्थलमा फोहर गर्नेलाई स्थानीय सरकारले कारवाहीको अभियान चलाउन सके पनि सफाइमा ठूलो सहयोग पुग्ने विश्लेषण अभियानकर्मीको छ ।रासस

भर्खरको समाचार

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, ग्यासमा कति ?

petrol-pump-india_AFP

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

सम्बन्धित खबरहरु

Scroll to Top