सोलुखुम्बुमा आगलागीमा परी दुई बालबालिकाको मृत्यु

१७ माघ ७७, शनिबार

१७ माघ, सोलुखुम्बु । सोलुखुम्बुमा आगलागीमा परेर दुई बालबालिकाको ज्यान गएको छ ।

Advertisement

नेचासल्यान गाउँपालिका वडा नम्बर २ सल्यानका टेकबहादुर निरौलाको मतनामा आगलागी हुँदा उनको नाति र नातिनीको ज्यान गएको वडाध्यक्ष भेषकुमार बास्तोलाले जानकारी दिएका छन् ।

ज्यान गुमाउनेहरुमा पाँच वर्षीया गृष्मा निरौला र सात वर्षीय सुगम निरौला रहेका छन् ।

Advertisement

घाँस राख्न बनाइएको मतनाको माथिल्लो तलामा घाँस लगायतका सामाग्री राखिएको र तल्लो तलामा आगो बाल्ने ठाउँ भएको पनि वडाध्यक्ष निरौलाले बताए ।

बालबालिकाले आगो बाल्दा आगलागी भएको बताइए पनि कारण खुलिनसकेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top