×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

‘घुमौँ सौराहा’ अभियानले तान्यो पर्यटक

१९ माघ २०७७

१९ माघ, चितवन ।
कोभिड–१९ को संक्रमणका कारण सुस्ताएको पर्यटन व्यवसाय विस्तारै चलायमान बन्दै गएको छ ।

अंग्रेजी नयाँ वर्षसँगै सौराहामा आन्तरिक पर्यटक क्रमशः बढ्दो क्रममा रहेका छन् । व्यवसायीले अंग्रेजी नयाँ वर्ष अघि ‘घुमौँ सौराहा’ अभियान गरेका थिए । त्यति बेला उनीहरूले प्रदेश नम्बर–२ र ३ का मुख्य सहरी क्षेत्रमा पुगेर अभियान चलाएका थिए ।

Advertisement
Advertisement

व्यवसायीले विराटनगर, धरान, जनकपुरलगायत पूर्वी नेपालका मुख्य–मुख्य सहरमा कार्यक्रम गरेका थिए । ती कार्यक्रममा नेपाल सरकारको पर्यटन बोर्ड र स्थानीय तहहरूको सहयोग रहेको थियो ।

क्षेत्रीय होटेल संघ चितवनका अध्यक्ष दीपक भट्टराईका अनुसार अभियानसँगै पूर्वी नेपालका पर्यटक पनि सौराहा आउन थालेका छन् । पारिवारिक र युवायुवती घुम्न आउने क्रम बढेको छ ।

उनले भने, ‘‘विगतमा विद्यार्थी बढी आउँथे, अहिले पारिवारिक भ्रमण आउने बढी छन् ।’’ शुक्रबार र शनिबारसँगै बिदाको दिनमा आधाभन्दा बढी होटेल भरिन थालेका छन् । अन्य दिनमा पनि यो संख्या ४० प्रतिशत हाराहारी हुने गरेको उनले जानकारी दिए ।

कोभिड–१९ संक्रमणपछि ठप्प रहेका सबै होटल खुल्न थालेका छन् । व्यवसायीमा पनि उत्साह थपिएको उनले बताए । संघका पूर्वअध्यक्ष एवं अभियानका संयोजक सुमन घिमिरेले कार्यक्रमले राष्ट्रिय रूपमा नै प्रचारप्रसार भएको बताए ।

जसका कारण पर्यटक आगमनमा सकारात्मक प्रभाव परेको भन्दै उनले यसै महिना अन्य प्रदेशका सहरमा पनि अभियान लिएर जाने तयारी गरिएको जानकारी दिए । उनले भने, ‘‘यस्ता अभियान र स्थानीय सञ्चारमाध्यममा नियमित प्रचारप्रसार गर्न सकेमा आन्तरिक पर्यटक भित्र्याउन सकिन्छ ।’

रेष्टुराँ एन्ड बार एसोसिएसन ९रेवान० सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले पछिल्ला दिनहरूमा आन्तरिक पर्यटकको निकै राम्रो उपस्थिति रहेको बताए । बिदाका दिनमा भिडभाड हुने गरेको भन्दै उनले अन्य दिनमा पनि पर्यटकको आगमन सन्तोषजनक हुँदै गएको जानकारी दिए ।

अभियान सौराहाका लागि महत्वपूर्ण बनेको भन्दै उनले यहाँको महत्वको बारेमा देशभर प्रचारप्रसार गर्न सकेमा पर्यटक भित्र्याउन सकिने अभियानले पाठ सिकाएको बताए ।

सौराहामा अहिले होटेल, रेष्टुराँले आन्तरिक पर्यटकलाई २० देखि ४० प्रतिशत छुट दिँदै आएका छन् । नेपालमै रहेका र बाहिरबाट आएका विदेशी पर्यटक पनि आउन थालेको खतिवडाले जानकारी दिए ।

चितवन राष्ट्रिय निकुञ्जमा वन, वनस्पति र वन्यजन्तु अवलोकनका लागि यहाँ पर्यटक आउने गर्दछन् । दुर्लभ एकसिंगे गैँडा, बाघ, घडियाल गोही यहाँका मुख्य आकर्षक हुन् ।

Advertisement

यहाँ हात्ती सयर, डुंगा सयर, जीप सफारी, पैदलयात्रामार्फत निकुञ्ज र मध्यवर्ती क्षेत्र भ्रमण गराइने गरिन्छ । सौराहामा ठूला साना १४० होटेल छन् भने करिब ५० रेष्टुराँ सञ्चालनमा छन् । (रासस)

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top