एकलौटी रूपमा नगरसभा गरेको उपप्रमुखको आरोप

१९ माघ ७७, सोमबार
Share this
703shares

१९ माघ, रौतहट ।
राजदेवी नगरपालिकाका उपप्रमुख अंशु सिंहले नगरप्रमुख धीरेन्द्र सिंहले एकलौटी रूपमा नगरसभा गरेको आरोप लगाएकी छन् ।

Advertisement

आफूसँग कुुनै छलफल नै नगरी भ्रष्टाचार गर्ने मनस्थितिले प्रमुख सिंहले एकलौटी रूपमा बन्द कोठाभित्र नगरसभा गरेको यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले आरोप लगाएकी हुन् ।

राजदेवी नगरपालिकाको पाँचौँ नगरसभा शनिबार नगरपालिकाको कार्यालयभित्र बन्द कोठामा सम्पन्न भएको थियो । खुुला ठाउँमा पारदर्शी ढंगले नगरसभा गर्न आफूले पटक–पटक आग्रह गर्दा पनि आफनो कुरालाई अटेरी गर्दै प्रमुख सिंहले बन्द कोठाभित्र नगरसभा गरेको उनको भनाइ थियो ।

Advertisement

एकलौटी रूपमा कार्यपालिका सदस्यलाई बोलाएर प्रमुख सिंहले बैठक गरेको र आफूखुसी नीति तथा कार्यक्रममाथि छलफल गरी घरघरमा पुगेर हस्ताक्षर गराएको बताउँदै उनले गत आर्थिक वर्षको बजेट तथा कार्यक्रममाथि कुनै छलफल नभएको र आफूसँग कुुनै छलफल नगरी नगरप्रमुखले एकलौटी रूपमा आफ्नो खुसी योजना ल्याएर नगरसभाबाट जबर्जस्ती पास गराएको आरोप लगाइन् ।

नगरसभामा गएर आफूले आफ्ना कुरा राख्न चाहेको भए पनि प्रमुखले आफूलाई प्रवेशसमेत गर्न नदिएको दुखेसो व्यक्त गर्दै उनले स्थानीय सरकार सञ्चालन गर्न बनेको ऐन, नीति तथा कानुनविपरीत आफूलाई बाइपास गरी नगरसभा गरेकोमा आपत्ति जनाइन् ।

Advertisement

नगरप्रमुख सिंहले नीति तथा कार्यक्रमबारे छलफल गर्न कार्यपालिका बैठकमा उपप्रमुखलाई बोलाउँदा नआएको बताए । आफूले सबै कार्यपालिका सदस्यको सहमतिमा नै नीति तथा योजना ल्याई नगरसभा गरेको उनको भनाइ छ । (रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top