सुनको भाउ आज तोलामा ५ सयले बढ्यो

१९ माघ, काठमाडौँ । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेको छ ।

Advertisement

हिजो तोलामा ९२ हजार १ सय रुपैयाँ तोकिएको सुन आज तोलामा ९२ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्तिभन्दा हिजो तोलामा १ सय रुपैयाँ बढेर सुनको भाउ हिजो तोलाको ९२ हजार १ सय रुपैयाँ निर्धारण गरिएको थियो । चाँदीको भाउ पनि बढेको छ ।

Advertisement

चाँदीको भाउ आज एकैदिन तोलामा ८० रुपैयाँ बढेर तोलाको १४ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top