×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || Mar-20-2026 || Nepal Times
Mar 20, 2026
Playing
Iran यु द्ध नयाँ चरणमा, तेलको मूल्यवृद्धिले विश्वभर हलचल हुने || Nepal Times
Mar 20, 2026
Playing
अमेरिकामा नेपाली परिवारको बीभ त्स ह त्याको भिडियो सार्वजनिक|| Nepal Times
Mar 20, 2026
Playing
Iranमा सबैभन्दा ठूलो ह म ला हुने, उर्जा केन्द्रमा भने अब आ क्र मण नहुने || Nepal Times
Mar 20, 2026
Playing
देशभर मौसम बिग्रिँदै,११९ किमि प्रतिघण्टासम्म हुरी चल्ने चे ताव नी|| Nepal Times
Mar 20, 2026
Playing
१६ अमेरिकी सैन्य विमान ध्व*स्त, होर्मुजबाट फर्किए अमेरिकी यु*द्धपोत|| Nepal Times
Mar 20, 2026
Playing
शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था|| Nepal Times
Mar 20, 2026
Playing
चैत १३ गते Balen प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री|| Nepal Times
Mar 20, 2026
Playing
खुंखार बन्यो इरान, तेल पूर्वाधार उडायो, रक्षात्मक बने ट्रम्प || Nepal Times
Mar 19, 2026
Playing
इरान, टर्कीएपछि अब ताइवान पनि ड्रोन सेनाको सुपर पावर|| Nepal Times
Mar 19, 2026

पुटिन प्यालेसको मालिक आफु भएको पुटिनका अर्बपति साथीको दाबी

२० माघ २०७७

२० माघ, बीबीसी ।
रुसी व्यापारी आर्काडी रुटन्बियर्गले कृष्णसागरको तटमा रहेको एउटा विलासी दरबारको मालिक राष्ट्रपति भ्लादिमिर पुटिन नभई आफू भएको बताएका छन्।

राष्ट्रपति पुटिनका आलोचकले भने उक्त विशाल दरबार पुटिनकै भएको आरोप लगाएका छन्। क्रेम्लिनका कट्टर आलोचक एलेक्सी नभाल्नीले उक्त दरबारबारे बनाइएको भिडिओ सार्वजनिक गरेपछि त्यो छोटो समयमै रुसभरि भाइरल बनेको थियो।

Advertisement

पुटिनको दरबार नाम दिइएको उक्त भिडिओ अहिलेसम्म १९ करोडभन्दा बढी पटक हेरिसकिएको छ। गत साताको सुरुमा राष्ट्रपतिले उक्त भिडिओमा गरिएको दाबीको आलोचना गरेका थिए।

राष्ट्रपति पुटिनसँग निकट सम्बन्ध रहेका अर्बपति रुटन्बियर्गले गत साता त्यो सम्पत्ति आफ्नो भएको भनी सार्वजनिक दाबी गरेका थिए। क्रेम्लिन समर्थक म्यास टेलिग्राम च्यानलबाट प्रसारण गरिएको अन्तर्वार्तामार्फत् उनले उक्त खुलासा गरेका थिए।

केही वर्षअघि मैले ऋणदातासँग सम्झौता गरेको थिएँ र केही वर्षअघि म उक्त क्षेत्रको हकदार बनेको थिएँ, रुटन्बियर्गलाई उद्धृत गर्दै उनको प्रेस कार्यालयले जनाएको छ।

रुटन्बियर्गले उक्त दरबारको निर्माण कार्य केही वर्षमा सकिने र त्यसपछि अपार्टमेन्टसहितको होटल बन्ने ठानिएको बताएका छन्। रुसभरि मुख्य विपक्षी नेतालाई थुनामा राखिएको विरोधमा आन्दोलन चर्किएको बेला रुटन्बियर्गले विवादित सम्पत्ति आफ्नो भएको दाबी गरेका हुन्।

यो दरबारबारे किन समाचार बन्न थाल्यो ?

जेलमा रहेका क्रेम्लिनका विपक्षी नेता एलेक्सी नभाल्नीको टोलीले ज्यानुअरी महिनाको सुरुमा दरबारबारे बनेको वृत्तचित्र प्रकाशित गरेपछि उक्त सम्पत्तिबारे विवाद चर्चाको विषय बन्दै आएको छ।

उक्त टोलीको खोजमूलक भिडिओमा उक्त दरबार बनेको सम्पत्ति एक अर्ब पाउन्ड बराबरको रहेको र त्यसका लागि इतिहासको सबैभन्दा ठूलो घुस दिइएको आरोप लगाइएको छ।

बीबीसीका टिम ह्यूलले सन् २०१२ मा उक्त रहस्यमय दरबारबारे समाचार गरेका थिए। त्यतिबेला उनले पुटिनका तत्कालीन व्यापारसम्बन्धी सहयोगीलाई उद्धृत गरेका थिए।

ती सहयोगीले दरबार खासगरी पुटिनको व्यक्तिगत प्रयोगका लागि बनाइएको आरोप लगाएका थिए तर प्रवक्ताले भने त्यस्तो आरोप त्यतिबेला खण्डन गरिदिएका थिए।

गत साताको सुरुमा, रुसी राष्ट्रपतिले आफू र आफ्नो परिवारको स्वामित्व रहेको भन्ने कुरा ठाडै अस्वीकार गरे र उक्त भिडिओलाई अल्छीलाग्दो को सङ्ज्ञा दिए। दरबारको स्वामित्वबारे आरोप लगाइएको उक्त भिडिओ टिकटकसहितका रुसी सामाजिक सञ्चालबाट हटाइएको थियो।

भ्रष्टाचारका आरोपहरूले देशैभरि सप्ताहान्तमा विपक्षी नेता नभाल्नीको समर्थनमा प्रदर्शनहरू गर्न सहयोग पुगेको थियो। पुटिनविरुद्ध धेरै वर्षपछि त्यति ठूलो प्रदर्शन भएको थियो।

नभाल्नीको रिहाइको माग गर्दै रुसभरि सहरहरूमा भएका प्रदर्शनका क्रममा ४,००० भन्दा बढी मानिसहरूलाई पक्राउ गरिएको थियो। भ्रष्टाचारविरोधी अभियानकर्मी नभाल्नीलाई जर्मनीबाट रुस फर्किएलगत्तै गिरफ्तार गरेर हिरासतमा लगिएको थियो।

गत वर्ष स्नायु प्रणालीमा असर गर्ने विष दिएर उनको हत्याको प्रयास गरिएपछि नभाल्नीको जर्मनीमा उपचार भएको थियो। जालझेलको मुद्दामा निलम्बित सजायसँग सम्बन्धित सर्तहरू उल्लङ्घन गरेको भन्दै उनलाई ३० दिनका लागि थुनामा राखिएको छ।

प्रहरीको प्रतिक्रिया र नभाल्नीलाई निरन्तर थुनामा राखिएपछि रुसको अन्तर्राष्ट्रिय रूपमा आलोचना भएको छ। यति हुँदाहुँदै पनि प्रदर्शनहरू रोकिएका छैनन्। नभाल्नीका निकट सहयोगीहरू र अन्यलाई पनि गत साता यता थुनामा राखिएको छ।

उनका भाइ र अभियानकर्मीलाई पनि घरमै नजरबन्दमा राखिएको छ। खासगरी मानवाधिकारबारे लेख्ने रुसी वेबसाइटका प्रधानसम्पादक सेर्गेइ स्मिर्नोभलाई पनि अघिल्लो शनिवार उनकै घरको बाहिरबाट पक्राउ गरिएको थियो।

उनलाई थुनामा राखिएको र गत साताको प्रदर्शनमा भाग लिएको भन्ने आरोपहरूको अन्य पत्रकारहरूले निन्दा गरेका छन्।

आर्काडी रुटन्बियर्ग को हुन् ?

रुसमा रुटन्बियर्ग एक महत्त्वपूर्ण व्यक्ति हुन्। उनी ठूलो निर्माण कम्पनीका मालिक हुन् जसले पुल र ग्यासका पाइपलाइनजस्ता भौतिक पूर्वाधारको निर्माण गर्छ।

राष्ट्रपति पुटिनका बाल्यकालका साथी र जुडो सँगै खेल्ने भएकाले उनीहरूबीच निकट सम्बन्ध भएको ठानिन्छ। गत वर्षको अन्त्यतिर सम्पत्ति शुद्धीकरणसम्बन्धी एउटा प्रतिवेदन खुलासा हुँदा रुटन्बियर्ग र उनका भाइ पनि उक्त घटनामा मुछिएका थिए।

रुटन्बियर्गलाई अमेरिकाले सन् २०१४ यता प्रतिबन्ध लगाएको छ। अमेरिकी अधिकारीहरूले उनलाई ूरुसी नेतृत्वको भित्री समूहू का सदस्य भनी चित्रण गरेका थिए। उनले पुटिनका घरेलु परियोजनाहरूमा साथ दिने अमेरिकी दाबी थियो।

भर्खरको समाचार

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

कम्बोडियामा अलपत्र २० नेपालीको उद्धार, वैदेशिक ठगीको जालो

combodia flag

चुनाव हारेका सभापति गगनले दिए राजीनामा, पदाधिकारीले के गर्लान् ?

gagan thapa

सम्बन्धित खबरहरु

Scroll to Top