दाहाल–नेपाल समूह पार्टी र सूर्य चिह्नको आधिकारिकता दाबी गर्न निर्वाचन आयोग जाँदै

१९ माघ ७७, मंगलबार

२० माघ, काठमाडौँ ।
नेकपाको दाहाल–नेपाल समूह आज पार्टी र चुनाव चिह्न सूर्यको आधिकारिकता दाबी गर्न निर्वाचन आयोग जाने भएको छ ।

अहिले ११ बजे आफुहरु आयोग जान लागेको दाहाल–नेपाल पक्षका स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले जानकारी दिए । पोखरेलका अनुसार आवश्यक परे अध्यक्षद्वय दाहाल र नेपाल पनि आयोगमा उपस्थित हुन सक्नेछन् ।

४४१ जना बहुमत केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेकाले नाम र चिह्न आफूहरूले पाउनुपर्ने दाहाल–नेपाल पक्षको माग छ । उक्त पक्षको सोमबार बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको आधिकारिकता दाबी गर्ने निर्णय गरेको थियो ।

यसअघि ओली र दाहाल-नेपाल पक्षले फरक–फरक निर्णय अद्यावधिक गर्न निर्वाचन आयोगमा चिठी पठाएका थिए । तर आयोगले ती निर्णय अद्यावधिक गरेको थिएन ।

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजन भएको थियो तर त्यसले कानुनी मान्यता पाएको छैन । आयोगमा दल दाबी गर्न दाहाल(नेपाल पक्ष पुगेसँगै नेकपा कानुनी रूपमा पनि विभाजनतर्फ जानेछ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top