२० माघ, झापा । झापाको गौरादह नगरपालिका-४ मा दुईवटा मोटरसाईकल एक आपसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ ।
सोमवार साँझ ६ बजेको समयमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको मे १० प ११६७ नम्बरको मोटरसाईकल र विपरीत दिशाबाट आउँदै गरेको मे ४ प २२७२ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किँदा घाइते भएका मे १० प ११६७ नम्बरको मोटरसाईकल चालक गौरादह नगरपालिका-५ का ३४ बर्षीय होम प्रसाद उप्रेतीको झापाको द्यल्ऋ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।