२० माघ, काठमाडाैँ ।
अभिनेत्री सुष्मा कार्कीले गएराती लण्डन पब क्याफेमा आफूमाथि कुटपिट र गालीगलौज भएको भन्दै प्रहरीमा उजुरी दिएकी छिन्। उनले दरबारमार्ग पुलिस चौकीमा नायिका श्वेता खडका साथै उनकी बहिनी आरती खड्का र संचारकर्मी उत्सव रसाइलीको नाममा उजुरी दर्ता गरेकी हुन् ।
श्वेताको भाईको एनिभर्सरी मनाउन पुगेका संचारकर्मी उत्सव रसाइलीसँग जात भातको कुरा गरेपछि यी दुई बिच विवाद उत्पन्न भएको थियो । सोही विवादमा उत्सवको पक्ष लिँदा अभिनेत्री श्वेताकी बहिनी पनि उक्त विवादमा मुछिइन् । श्वेता खड्काले आफूलाई अपशब्द प्रयोग गरेको सुश्माले जाहेर गरेकी छिन् ।
सो समयमा उत्सव, आरतीको साथमा नायिका स्वेता खड्का र उनका पति विजयेन्द्र सिंह राउत क्लबमा नै थिए । कार्कीले आफ्नो कुनै पनि गल्ती नभएको बताएकी छिन् । आफू सँग भएको भिडियो रेकर्डले सबै कुरा छर्लङ्ग पार्ने कार्कीको भनाइ छ ।