विदेशी खेलाडीको मद्दतमा चन्द्रपुरमाथि वालिङ ३–० ले विजयी

२० माघ ७७, बुधबार

२० माघ,काठमाडौँ ।
काठमाडौमामा जारी महिला राष्ट्रिय लिगमा वालिङ नगरपालिका स्याङ्जाले चन्द्रपुर नगपालिकामाथि ३–० को सहज जित निकालेको छ । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्सको मैदानमा सम्पन्न खेलमा वालिङलाई जित दिलाउन विदेशी खेलाडी गोल गरे । खेलको ३७ औं मिनेटमा क्यामरुनी खेलाडी टोउटा ओर्नेलाले फ्रिकिकबाट गोल गर्दै वालिङलाई सुरुआती अग्रता दिलाएकी थिइन् ।

पहिलो हाफ सकिने अन्तिम मिनेटमा खेलको ४५ औं मिनेटमा क्यामरुनकै मेथो रुथले गोल गर्दा वालिङले पहिलो हाफमा २–० को अग्रता पाएको थियो । ५४ औं मिनेटमा रुथले व्यक्तिगत दोस्रो गोल गर्दै वालिङलाई ३–० को अग्रता दिलाइन् । त्यसपछि चन्द्रपुरले खेलमा फर्किन प्रयास गरे पनि सफल हुन सकेन र वालिङले सहज जित निकाल्न सक्यो । मंगलबारको जितसँगै वालिङले जारी लिगमा दोस्रो जित निकालेको छ ।

जितसंगै वालिङले ६ खेलमा ८ अंक जोडेर तालिकाको चौथो स्थानमा उक्लिएको छ । यस्तै पराजित चन्द्रपुरले ६ खेलमा ३ अंकमात्र जोडेको छ । चन्द्रपुरको यो पाँचौ हार हो । चन्द्रपुर लिगको छैटौं स्थानमा रहेको छ । महिला लिगमा बुधबार दुई खेल हुनेछन् । पहिलो खेल चौदण्डीगढी नगरपालिका उदयपुर र विभागीय टोली एपिएफ तथा दिनको दोस्रो खेल नेपाल पुलिस क्लब र विराटनगर महानगरपलिका मोरङबीच प्रतिस्पर्धा हुनेछ । बुधबारका खेल सँगै महिला लिगको संस्करण सकिनेछ ।

Advertisement

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top