×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

सुन तस्करी नियन्त्रणमा चिनियाँ पक्षसँग सहयोग माग

२२ जेष्ठ २०७५

काठमाडौँ, जेठ २२
गृहमन्त्री रामबहादुर थापाले नेपालको सुरक्षा निकायको भौतिक संरचना, उपकरण र तालीममा चीनले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि त्यसको निरन्तरताका लागि चिनियाँ राजदूतसँग आग्रह गरेका छन् ।

नेपालका लागि चीनका राजदूत यु होङसँग गृह मन्त्रालयमा भएको भेटमा उनले गृहमन्त्रीले नेपाल चीन नाकाबाट सुन तस्करी र डलरको अवैध कारोवार नियन्त्रणका लागि चिनियाँ पक्षको सहयोगका लागि आग्रह गरेका थिए ।

Advertisement
Advertisement

भेटमा राजदूत होङले गृहमन्त्रीका रुपमा कार्यभार सम्हालेकामा चीनका सामाजिक सुरक्षामन्त्रीले पठाएको बधाई तथा सफल कार्यकालको लिखित शुभकामना सन्देश गृहमन्त्री थापालाई हस्तान्तरण गर्दै नेपालमा चीन विरोधी गतिविधि नियन्त्रणका लागि गृह मन्त्रालयले खेलेको भूमिका प्रशंसनीय रहेको र यसलाई थप प्रभावकारी बनाउन आग्रह गरेकी थिर्इन् ।

उनले नेपाली सुरक्षा निकायलाई चीन सरकारबाट प्रदान गरिने सहयोग, तालीम र उपकरण आगमी दिनमा पनि निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेकी थिर्इन् ।

Advertisement
Advertisement

राजदूत होङले चीनको नाका हुँदै नेपालमा भइरहेको सुन तस्करीका विषयमा गृहमन्त्री थापाले उठाएको विषयमा आफ्नो देशको सम्बन्धित निकायमा जानकारी गराउने जवाफ दिएकी थिर्इन् । उनले गृहमन्त्रीका रुपमा मन्त्री थापाले यातायात क्षेत्रको एकाधिकार हटाउने लगायत पछिल्ला सुधारका काम प्रशंसनीय रहेको बताएकी थिर्इन्।
रासस

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top