×

NEPAL TIMES UPDATES

Playing
मलेसियाविरुद्ध नेपालको संघर्षपूर्ण जित || Nepal Times
May 20, 2026
Playing
Top 15 Afternoon News || May-20-2026 || Nepal Times
May 20, 2026
Playing
नेपाल कालोसूचीमा पर्न लागेको हो? एपिजीको समूहले के भन्यो ? || Nepal Times
May 20, 2026
Playing
मधेशदेखि सुदूरपश्चिमसम्मः सत्ता फेरबदलको नयाँ अध्याय सुरु || Nepal Times
May 20, 2026
Playing
हर्कले पर्चा देखाएपछि सभामुख रिसाए, दिए कारबाहीको चेताव*नी|| Nepal Times
May 20, 2026
Playing
कतै वर्षा, कतै ४१ डिग्रीको गर्मी, ठाउँ–ठाउँमा सडक अवरुद्ध || Nepal Times
May 20, 2026
Playing
नेपालमा बर्ड*फ्लुको जो*खिम, म*रेका कागमा संक्र*मण, उच्च सतर्कता अपनाउनु || Nepal Times
May 20, 2026
Playing
भारतले नेपाललाई दुःख दिन थाल्यो,नेपाली चिया रोक्यो,व्यापारिक कि कूटनीतिक ? || Nepal Times
May 20, 2026
Playing
Xi–Putin वार्तामा के भयो ? विश्वको ध्यान केन्द्रित || Nepal Times
May 20, 2026
Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026

प्रधानमन्त्री कप क्रिकेटः आर्मीद्वारा एपिएफ पराजित

२२ जेष्ठ २०७५

काठमाडौँ, जेठ २२
प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले सशस्त्र प्रहरी बल (एपिएफ) लाई पराजित गर्दै समूह विजेता बनेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको समूह ‘ए’ अन्तर्गतको अन्तिम खेलमा आर्मीले एपिएफलाई ७० रनले पराजित गर्दै समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । वर्षाका कारण ५० ओभरको खेललाई ४० ओभरमा छोट्याइएको थियो ।

Advertisement
Advertisement

टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ४० ओभरमा सबै विकेट गुमाउँदै २२८ रन को योगफल बनायो । आर्मीका लागि अनिल मण्डल र कप्तान विनोद भण्डारीले अर्धशतक प्रहार गरे । मण्डलले ९९ बल खेल्दै ७ चौकाको मद्दतमा ७२ रन बनाए भने भण्डारीले २३ बल खेल्दै ५ छक्काको मद्दतमा ५० रनको योगदान दिए । त्यसैगरी आर्मीका सागर पुनले ४६ तथा नरेश बुढाऐरले ३७ रन जोडे । बलिङतर्फ एपिएफका भुवन कार्कीले ३ विकेट लिए ।

२२९ रनको विजय लक्ष्य पछ्याएको एपिएफले ३२ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर १५८ रनमा समेटियो । एपिएफ समूह उपविजेता बन्यो । एपिएफका लागि अमर सिंह राउटेलाले अविजित २९ रनको योगदान दि एभने रोहितकुमार पौडेलले २८, भुवन कार्कीले २६, अनिल शाहले २५ तथा सुवास खकुरेलले २२ रन जोडे ।

एपिएफलाई सस्तैमा समेट्ने क्रममा आर्मीका सोमपाल कामीले ३ विकेट लिए भने सुशन भारी, सागर पुन र शहाव आलमले २÷२ विकेट लिए । यस हारसँगै एपिएफ समूहको उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

Advertisement
Advertisement

आर्मीले अब सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता तथा एपिएफले समूह ‘बी’ को विजेतासँग खेल्नेछ ।
रासस

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top