NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान बुधबार पुस २३ , २०८२
ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत बुधबार पुस २३ , २०८२
विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट बुधबार पुस २३ , २०८२
राष्ट्रियसभामा विज्ञ होइन,नेता व्यवस्थापन केन्द्र,जहाँ हारेका विजयी हुन्छन् बुधबार पुस २३ , २०८२
Next
Prev

समाचार

अब नेपालमै सुलीबाट बिजुली !

बुधबार जेष्ठ २३ , २०७५
A A
अब नेपालमै सुलीबाट बिजुली !
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

स्याङ्जा, जेठ २३
कुखुरापालन व्यवसाय निकै फस्टाएसँगै कुखुराको मासुमा आत्मनिर्भर बने पनि यसबाट निस्कने सुलीको उचित व्यवस्थापन नहुँदा वातावरणीय समस्या झेल्दै आएकामा अब नेपालमै सुलीबाट विद्युत् उत्पादन गर्न सकिने प्रविधिको विकास भएको छ ।

सामान्यरुपमा खेतबारीमा मलका रुपमा सुलीलाई प्रयोग गरिए पनि ठूला व्यावसायिक फर्मका लागि यसको व्यवस्थापन ठूलै चुनौतीका रुपमा रहेकामा अब त्यसबाट जैविक मलसँगै ग्यास र विद्युत् उत्पादन गरेर स्याङ्जाका एक व्यवसायीले नेपालमै पहिलो उदाहरण प्रस्तुत गरेका छन् ।

पुतलीबजार नगरपालिका–४ भालुपहाड नागडाँडामा खिलुङ–कालिका एग्रो फर्मले सञ्चालन गरेको तीन हजार ५१० घनमिटर क्षमताको अत्याधुनिक बायोग्यास पावर प्लान्टबाट ४०० किलोवाट विद्युत् उत्पादनसँगै दैनिक १५ टन जैविक मल उत्पादन हुने गरेको छ । उत्पादित बिजुली पावर प्लान्टमा प्रयोग गरिएकाले प्राधिकरणबाट लिनुपर्ने बाध्यता छैन । कृषि मन्त्रालयले तोकेको मापदण्डअन्तर्गत रहेर मल उत्पादन गरिएको कम्पनीले जानकारी दिएको छ ।

LS Auto

एग्रो फर्मबाट निस्केको सुलीको व्यस्थापन गर्न र प्लान्टका लागि आवश्यक ऊर्जा व्यवस्थापन गर्न पावर प्लान्ट सञ्चालनमा ल्याएको प्लान्टका प्रबन्ध निर्देशक शोभाकान्त ढकालले बताए । एउटै प्लान्टबाट बायोग्यास, विद्युत् र मल उत्पादन गर्ने अत्याधुनिक यो मुलुककै पहिलो प्लान्ट भएको उनको दाबी छ ।

करीब ३५ रोपनी क्षेत्रफलमा बनाएको बायोग्यास प्लान्टमा फिडिङ, ग्यास डाइजेस्टर, फटिलोरी टयाङ्क, बी क्यान्टर निर्माण गरिएको छ । जसबाट मल फिट्ने, ग्यास बनाउने, बिजुली निर्माण, बाँकी रहेको मल सुकाउने र मललाई प्याकिङ गर्ने काम सहज भएको छ । झण्डै रु २५ करोडको लगानीमा स्थापना भएको यस प्लान्टबाट दैनिक एक हजार २०० किलो बायोग्यास, ४०० किलोवाट विद्युत् र १५ टन जैविक मल उत्पादन हुने गरेको छ ।

भिरकोट नगरपालिका–७ मा रहेको खिलुङकालिका कुखुरा फर्मबाट ल्याइएको कुखुराको सुली नै यस बायोग्यासको मुख्य कच्चा पदार्थ हो । यसबाहेक गाईभैँसीको मल र खेर गएका तरकारी र अन्य जैविक पदार्थलाई पनि राख्ने गरिएको बताइएको छ । दुई लाखभन्दा बढी कुखुरा रहेको एग्रो फर्मबाट दैनिक निस्कने १२ टन कुखुराको सुली कच्चा पदार्थको मुख्य स्रोत रहेको प्लान्टलाई चार टन गाईभैँसीको मल र दैनिक करीब दुई टन जैविक पदार्थको मिश्रणपछि तीनथरिका वस्तु उत्पादन भएको ढकालले बताए।

उद्योगबाट उत्पादन हुने बायोग्यास जर्मनी र जैविक मल चिनियाँ प्रविधिमा तयार गरिएको कम्पनीले जनाएको छ । इन्धनका लागि बाहिरी देशको भर पर्नुपर्ने देशलाई इन्धन व्यवस्थापन गर्न यस्ता कम्पनी सहयोगी बनेको ढकालको भनाइ छ ।

यस प्लान्टको सफल सञ्चालनपछि तनहुँको डुम्रेमा पाँच लाख कुखुराको फर्म स्थापना गरी त्यसको सुलीबाट योभन्दा पनि निकै ठूलो बायोग्यास प्लान्ट निर्माण गर्ने तयारी गरेको छ ।

कुखुराका सुलीको व्यस्थापनसँगै फर्मका लागि आवश्यक ऊर्जा व्यवस्थापन गर्न प्लान्ट सञ्चालनमा ल्याएको उनी बताउँछन् । “बढ्दो मलको अभाव र विस्तारै जैविक मलप्रतिको आकर्षण बढ्न थालेकाले बायोग्यासबाट निस्क्ने लेदोलाई ठोस र तरलरुपमा अलग गरी छिट्टै बजारमा क्रिी वितरणमा ल्याउने छौँ” उनले भने । उनका अनुसार ‘कृषक अर्गाानक मल’को ब्राण्डमा एक, दुई, पाँच र २५ केजीको प्याकेटमा मल बजारमा आउनेछ ।

स्वदेशमै मल कारखाना नहुँदा वर्षेनी अर्बौ रुपैयाँको रासायनिक मल आयात हुँदै आएको छ । कृषि मन्त्रालयले आव २०७३÷७४ मा मल कारखाना निर्माणका लागि लगानी बोर्डलाई अध्ययन गर्न भनेकामा बोर्डले मल कारखाना स्थापना गर्न आवश्यक ऊर्जाको अभावले तत्काल सम्भव नभएको प्रतिवेदन दिएको थियो ।

विद्युत् निकै महँगो पर्ने भएकाले मल कारखानाका लागि प्राकृतिक ग्यासलाई पहिलो र कोइलालाई दोस्रो इन्धनको विकल्पका रुपमा सुझाइएको थियो । हाल सात लाख मेट्रिक टनको माग भएकामा सरकारले तीन लाख मेट्रिक टनमात्रै अनुदानमा मत वितरण गर्न सकेको छ ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका वरिष्ठ ऊर्जा अधिकृत प्रकाश अर्याल अब साना घरेलु बायोग्यासमा भन्दा ठूला व्यावसायिक प्लान्टमा जोड दिन सकिए वर्षेनी रु २५ अर्बको एलपी ग्यास र रु १५ अर्बको रासायनिक मलको आयातलाई कम गरी भारतसँगको बढ्दो व्यापार घाटा न्यून गर्न सहयोग पुग्ने बताउँछन्।

शहरी क्षेत्रको जैविक फोहरबाट बायोग्यास निकाली वातावरण संरक्षणसँगै जैविक मल, विद्युत् उत्पादन गर्ने गरी केन्द्रले विभिन्न ३७ वटा नगरपालिकासँग समझदारी गरेको पनि उनले जानकारी दिए ।

प्लान्टको लागि आवश्यक उपकरण निकै महँगो पर्ने भएकाले यसको आयातमा सरकारले सहुलियत दिएमा हरेक नगर क्षेत्रमा ठूला क्षमताका बायोग्यास प्लान्ट राख्न सकिने नेपाल बायोग्यास प्रवद्र्धन समूहका पूर्व अध्यक्ष शेखर अर्याल बताउँछन् ।

प्रदेश ४ मा मात्रै ठूला व्यावसायिक प्रतिष्ठानमा बायोग्यास प्लान्ट निर्माण भइरहेको हालै पोखरामा आयोजित प्रदेशस्तरीय गोष्ठीमा २०१९ डिसेम्बरसम्म न्यूनतम चारवटा नगरपालिकाको फोहरबाट ऊर्जा परियोजना तथा १४० ठूला व्यावसायिक बायोग्यास प्लान्टबाट ग्यास उत्पादन गरिने जानकारी दिइयो ।

हालसम्म १०० ठूला व्यावसायिक बायोग्यास प्लान्टको विस्तृत सम्भाव्यता अध्ययन सम्पन्न भइसकेको र ६० वटा प्लान्ट निर्माण सम्पन्न भई सञ्चालनमा रहेको र बाँकी निर्माणाधीन अवस्थामा रहेको केन्द्रका निर्देशक डा नारायण अधिकारीले जानकारी दिए । कास्की, तनहुँ, लमजुङ, स्याङ्जा, बागलुङ, नवलपरासीलगायतका जिल्लामा एक जिल्ला एक ठूलो बायोग्यास (बोटलिङ) प्लान्ट जडान गर्ने गरी प्रदेश तथा स्थानीय सरकारले कार्यक्रम ल्याउनुपर्ने उनको भनाइ छ ।

प्रविधिमा आएको विकास, एलपी ग्यास तथा रासायनिक मलमा रहेको परनिर्भरता कम गर्न सरकार, विभिन्न दातृ निकायको सहयोगमा देशका अन्य विभिन्न स्थानमा पनि यसखालका ठूला क्षमताका बायोग्यास प्लान्ट धमाधम सञ्चालनमा आउन थालेका छन् । नवलपरासीको रामग्रामस्थित सुक्रौती रोडमा नेपालमै पहिलो फोहरबाट ३७५० घनमिटरको बायोग्यास बोटलिङ परियोजनाबाट प्रतिदिन १५० सिलिण्डर ग्यास उत्पादन र १२ टन प्रांगारिक मल उत्पादन भएको छ ।

यसैगरी अन्नपूर्ण पोल्ट्री फार्म चितवनमा ५०० घनमिटर बायोग्यास प्लान्ट स्थापना भई ५० केभिए जेनेरेटरबाट विद्युत् उत्पादन भइरहेको छ । गण्डकी ऊर्जा प्रालिले कास्कीको कोत्रेमा ४२०० घनमिटर बायोग्यास प्लान्ट जडान गरी गाईको गोबर, कुखुराको सुली, नगरपालिकाको फोहरबाट बोटलिङ प्लान्ट निर्माण गरी छिट्टै ग्यास, मल र विद्युत् उत्पादन गर्ने भएको छ ।
रासस

लोकप्रीय

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

बुधबार पुस २३ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत

बुधबार पुस २३ , २०८२

विचार

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

बुधबार पुस २३ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत

बुधबार पुस २३ , २०८२

थप समाचार

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने
समाचार

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान
समाचार

कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

बुधबार पुस २३ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?
समाचार

ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत

बुधबार पुस २३ , २०८२
विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट
समाचार

विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट

बुधबार पुस २३ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

00:25:47

World News: क्युबाली राष्ट्रपति सडकमा, साउदीले ८० पृथकतावादीमालाई मा*र्यो || Nepal Times

00:22:58

World News : भेनेजुएलामा ट्रम्पको शासन,किमद्वारा क्षेप्यास्त्र प्रहार, राष्ट्रसंघको बैठक सोमबार

00:26:22

World News: पाक सभामुखसंग जयशंकरको भेट, इरानमा विरोध चर्कियोः ७ प्रदर्शनकारीको मृ*त्यु ||Nepal Times

00:20:20

World News: नेपालीसहित हजारौँ आप्रवासी निकाल्ने ट्रम्पको निर्णयमा अदालतको रोक || Nepal Times

00:18:26

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

अब पालो खामेनीको, मस्को भाग्ने तयारी

सोमवार पुस २१ , २०८२
खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

मङ्लबार पुस २२ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

भेनेजुएला प्रकरणबाट ट्रम्पले चीनलाई थर्काए,मादुरोलाई उठाउनु नजिर

मङ्लबार पुस २२ , २०८२

हालका पोस्टहरू

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

बुधबार पुस २३ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत

बुधबार पुस २३ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.